close

दीक्षान्त समारोहमा विद्यार्थीको ठाउँमा रोबोट पुगेपछि…

टेकपाना टेकपाना

चैत २७, २०७६ १६:२८

दीक्षान्त समारोहमा विद्यार्थीको ठाउँमा रोबोट पुगेपछि…

काठमाडौं । विद्यार्थहरु जूममार्फत भिडियोमा हेरिरहे । रोबोटले दीक्षान्त समारोहमा सहभागी भएर आफ्नो प्रमाणपत्र थाप्यो ।

सुन्दा अनौंठो लाग्न सक्ला, तर यो खबर सत्य हो । जापानका विद्यार्थीले आफ्नो जीवनको सबैभन्दा महत्वपुर्ण कार्यक्रममा आफ्नो साटो रोबोटलाई आफ्नो प्रमाणपत्र थाप्न पठाए ।

कोरोनाभाइरसका कारण कार्यक्रममा सहभागी हुन नसक्ने भएपछि विद्यार्थीले रोबोटलाई पठाएका हुन् । यो घटना जापानका विजनेस ब्रेकथुआउट विश्वविद्यालयको हो ।

विद्यार्थीले न्युमी टेलिप्रिजेन्स रोबोटलाई सर्टिफिकेट थाप्न आफ्नो स्थानमा उभ्याएका थिए । रोबोटको टाउकोमा डिजिलट ट्यावलेट जोडिएको थियो । जसमा विद्यार्थिले जूम कन्फ्रेन्स कलमार्फत आफ्नो अनुहार देखाएका थिए । उक्त रोबोर्टलाई दीक्षान्त समारोहमा विद्यार्थीले लगाउने गाउन समेत पहिराइएको थियो ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४