close

अश्लील साइटमा नपुग्ने व्यवस्था गर्न प्राधिकरणको आग्रह

टेकपाना टेकपाना

चैत २७, २०७६ १५:५०

अश्लील साइटमा नपुग्ने व्यवस्था गर्न प्राधिकरणको आग्रह

काठमाडौ । नेपाल दूरसन्चार प्राधिकरणले अश्लील वेबसाइटसम्म पहुँच नपुग्ने व्यवस्था गर्न सबैलाई अनुरोध गरेको छ । इन्टरनेटबाट बालबालिकामा हुन सक्ने अनलाइन दुर्व्यवहार रोक्न तथा सुरक्षित इन्टरनेट सेवा प्रवाह गर्न अश्लील सामग्री भएका साइटसम्मको पहुच रोक्नुपर्नेमा प्राधिकरणले जोड दिएको हो ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेको परिस्थिति बालबालिका विरुद्ध इन्टरनेट प्रयोग हुन सक्ने भएकोले त्यसतर्फ सचेत हुनुपर्ने प्राधिकरणको आग्रह छ । नियामकले भनेको छ, ‘अश्लील चलचित्र तथा तस्वीर लगायत सामग्रीहरु भएका साइटका यूआरएल तथा आईपी एड्रेसहरुमा पहुँच नपुग्ने व्यवस्था गर्न अनुरोध गरिन्छ ।’

त्यसो त सरकारले विगत करीब डेढ वर्षदेखि नेपालमा पोर्न साइटहरु बन्द गरेको छ । तर पनि विभिन्न माध्यमबाट अश्लील सामग्री बालबालिकामाझ पुग्न सक्ने भन्दै प्राधिकरणले सबैलाई सचेत गराएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४