close

भ्रामक सूचना रोक्न म्यासेज फवार्डमा ह्वाट्सएपको कडाइ

टेकपाना टेकपाना

चैत २७, २०७६ १७:२६

भ्रामक सूचना रोक्न म्यासेज फवार्डमा ह्वाट्सएपको कडाइ

काठमाडौं । कोभिड-१९ अर्थात कोरोनाभाइरस सम्बन्धी भ्रामक सन्देशमाथि रोक लगाउन ह्वाट्सएपले नयाँ प्रतिबन्ध लागु गरेको छ । ह्वाट्सएपले आफ्नो प्लेटफर्ममा म्यासेज शेयर गर्ने सन्दर्भमा नयाँ नियम लागु गरेको हो ।

इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपले मंगलबार आफ्नो प्लेटफर्ममा एउटै म्यासेज एकपटकमा पाँचजना वा त्यो भन्दा धेरैलाई पठाउन सकिने व्यवस्थामाथि कडाई गर्ने बताएको छ । अब त्यस्ता म्यासेज एकपटकमा एकजनाभन्दा धेरैलाई पठाउन नपाइने भएको छ । 

ह्वाट्सएपले यो नयाँ परिवर्तन विश्वभरका प्रयोगकर्ताहरुका लागि आजैबाट लागू गर्नेछ । गत वर्षदेखि नै ह्वाट्सएपले एउटा म्यासेज एकपटकमा पाँचजनाभन्दा धेरैलाई पठाउन नमिल्ने बनाएको थियो । यो कदमले विश्वभर म्यासेज फवार्डमा २५ प्रतिशत कटौती गर्ने ह्वाट्सएपको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४