close

खाने पानी सकियो ? अनलाइनबाटै यसरी मगाउनुहोस्

टेकपाना टेकपाना

चैत २७, २०७६ १९:४

खाने पानी सकियो ? अनलाइनबाटै यसरी मगाउनुहोस्

काठमाडौं । कोरोना भाइरसका कारण देश लकडाउनमा छ । सरकारले घरबाट बाहिर निस्किन समते बन्देज लगाएको छ । यस्तो अवस्थामा खानेपानी सकिए के गर्ने ?

सकेसम्म वरपर रहेका पसलबाट ल्याउने विकल्प त छँदै छ । त्यस अलावा अब तपाईंले अनलाइनबाटै जारको पानी अर्डर गर्न सक्नु हुने भएको छ । अक्वा वर्ल्डले पानीको अनलाईन अर्डर गर्न सकिने सुविधा ल्याएको हो ।

यदि तपाईं काठमाडौं, भक्तपुर र ललितपुरमा बस्नुहुन्छ भने यो सेवाको सुविधा प्राप्त गर्न सक्नुहुने छ । साथै कम्पनीले अनलाइन पेमेन्टका लागि खल्ती वालेटसँग सहकार्य गरेको छ ।

तपाईंले खल्तीको एन्ड्रोइड तथा आईओएस एपमार्फत पनि सोझै पानीको अर्डर गर्न सक्नुहुने छ । यसैगरी ९८५१०२९१५९ मा ह्वाट्सएप तथा भाइबरबाट समेत अक्वा वर्ल्डको पानी मगाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४