close

कोरोनाको भ्याक्सिन पत्ता लगाउन ७ परियोजनामा बिल गेट्सको खर्बौं सहयोग

टेकपाना टेकपाना

चैत २७, २०७६ १८:३३

कोरोनाको भ्याक्सिन पत्ता लगाउन ७ परियोजनामा बिल गेट्सको खर्बौं सहयोग

काठमाडौं । कोभिड-१९ अर्थात कोरोनाभाइरसको भ्याक्सिन तयार पार्न माइक्रोफ्टका संस्थापक बिल गेट्सले अहिले विभिन्न परियोजनालाई सहयोग उपलब्ध गराईरहेका छन् । चाँडोभन्दा चाँडो कोभिड-१९ को भ्याक्सिन पत्ता लगाउन विभिन्न सात परियोजना उनले अर्बौं डलर (खर्बौं नेपाली रुपैयाँ) सहयोग गरिरहेका छन् ।

गत हप्ता डेली सोमा कुराकानी गर्दै बिल गेट्सले आफ्नो चाहना बारे खुलासा गरेका थिए । गेट्सले गत मार्चमा माइक्रोसफ्टको बोर्ड र इन्भेस्टमेन्ट हाउस बर्कसायर हाथवे छोडेर आफ्नो परोपकारी कर्मलाई अघि बढाउन सुरु गरेका थिए ।

उनले भनेका छन्, ‘हाम्रो सुरुवातको पैसा कोभिड-१९ को भ्याक्सिन पत्ता लगाउने कामलाई गति दिन प्रयोग हुनेछ । दुईओटा परियोजना मात्रै सफलता हात लागे पनि हामी सातै परियोजनामा लगानी गर्छौं । ताकी हामी समय बर्बाद नगरौं ।’

यस परियोजनामा बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनले ठूलो रकम खर्च गरेको देखिन्छ । यो फाउण्डेसनले विश्वभर जारी कोभिड‍-१९ को अनुसन्धान र विकासमा अर्बौं डलरको योगदान दिइसकेको छ । 

भ्याक्सिनका अलावा गेट्सले सामाजिक दूरीको महत्वलाई पनि प्रस्ट्याएका छन् । उनले अमेरिकी प्रशासनलाई देशव्यापिरुपमा लकडाउन लागु गर्न आह्वान गरेका छन् । 

यसबीच माइक्रोसफ्टको प्रतिस्पर्धी कम्पनी एप्पल पनि कोभिड-१९ विरुद्धको लडाईमा उत्रिएको छ । टीएनडब्लूमा यसै साता प्रकाशित खबरअनुसार एप्पलका सीईओ टिम कूकले एप्पलले डिजाइन गरेका १० लाख फेस सिल्ड प्रत्येक हप्ता स्वाथ्य कर्मीहरुलाई उपलब्ध गराउने बताएका थिए । 

एजेन्सीहरुको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४