close

अनलाइनबाटै ‘गर्ल्स इन आइसीटी डे’ मनाउन आईटीयुको सुझाव

टेकपाना टेकपाना

चैत २८, २०७६ ८:२०

अनलाइनबाटै ‘गर्ल्स इन आइसीटी डे’ मनाउन आईटीयुको सुझाव

काठमाडाैं । अन्तराष्ट्रिय दूरसञ्चार सङ्गठन(आईटीयु) ले हरेक बर्ष अप्रील २३ मा मनाउँदै आएको गर्ल्स इन आइसीटी डे यसपटक भने अनलाइनबाटै मनाउन सुझाव दिएको छ । कोरोना संक्रमणको अवस्थालाई ख्याल गर्दै भिडभाड नगरी मनाउनुपर्ने सुझाव आईटीयुको छ ।

सुचना प्रविधिको क्षेत्रमा युवा महिला सहभागिता बढाउने उद्देश्यकासाथ आईटीयुले उक्त दिनलाई विशेष रुपमा मनाउँदै आएको छ । नेपालमा पनि नेपाल दूरञ्चार प्राधिकरणले सो दिन विभिन्न कार्यक्रम गर्दै आएको छ ।

आईटीयुले अनलाइनबाट उक्त दिन गर्न सकिने केही कार्यक्रम सुझावका रुपमा पेश गरेको छ । कोडिङ सिक्न अनलाइन ट्रेनिङ, वेबमा आधारित रोबोटिक्स तालिम, भर्चुअल ह्यकाथन, मोबाइल एप्स निर्माण, स्टिम लर्निङ, अनलाइन ब्लगिङ प्रतिस्पर्धा, इ मेन्टरिङ जस्ता काम भर्चुअल रुपमै गर्न सकिने आईटीयुले सुझाएको छ ।

यसरी भर्चुअल रुपमा मनाएको गर्ल्स इन आइसिटी डे आफ्नो सामाजिक सञ्जाल अथवा अनलाइन माध्यमबाट सेयर गर्न पनि आईटीयुले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४