close

महामारीको समय बालबालिकालाई इन्टरनेटमा सुरक्षित राख्न यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत २८, २०७६ १३:११

महामारीको समय बालबालिकालाई इन्टरनेटमा सुरक्षित राख्न यसो गर्नुहोस्

काठमाडौं । कोभिड-१९ अर्थात कोरोनाभाइरसका कारण स्कूल बन्द हुँदा बालबालिकाहरु मोबाइलमै झुम्मिरहेका छन् । बालबालिकालाई समाजमा घुलमिल हुन जसरी सिकाइन्छ, त्यसरी नै यस्तो अवस्थामा इन्टरनेटमा पनि कसरी सुरक्षित रहने भनेर सिकाउन जरुरी छ ।

इन्टरनेट साेसाइटीले यसका लागि केही महत्वपूर्ण उपाय सुझाएको छ । त्यसका लागि सुरुमा तपाईंले आफ्ना बालबालिका इन्टरनेटमा के गरिरहेका छन्, भन्ने कुरा पत्ता लगाउन आवश्यक छ ।

अध्ययनका अनुसार हेर्ने हो भने अनलाइनमा रहेका ७० प्रतिशत बालबालिका ५ घण्टाभन्दा बढी इन्टरनेटमा बिताउँछन्, अनि त्यतिकै मात्राका बालबालिकाले आफ्नो सम्पर्क ठेगाना जस्तै, फोन नम्बर, ईमेल, घरको ठेगाना इन्टरनेटमा पोष्ट गरिरहेका हुन्छन् ।

५३ प्रतिशत बालबालिकाले आफूले प्रत्यक्ष नभेटेका मान्छेसँग कुरा गर्छन्, भने ६० प्रतिशतले आफ्नो लोकेसन अफ गर्दैनन् । त्यो भन्दा पनि महत्वपूर्ण कुरा ६० प्रतिशत बालबालिकाका अभिभावकलाई उनीहरुका बालबालिका इन्टरनेटमा के गरिरहेका छन्, भन्ने कुराको जानकारी नै हुँदैन ।

यस्तो अवस्थामा बालबालिकाले इन्टरनेटमा के हेर्छन्, के देख्छन्, के गर्छन् र कोसँग बोल्छन् भन्ने विषय नै सबैभन्दा ठूलो समस्या हो । यसबाट उत्पन्न हुनसक्ने जोखिमबाट आफ्ना बालबालिकाहरुलाई जोगाउन तपाईंले सुरुमा इन्टरनेटबाट हुनेसक्ने घटानाहरुलाई बुझ्न जरुरी छ ।

त्यसका लागि तपाईंले आफ्ना बालबालिकासँग इन्टरनेट सेफ्टीको विषयमा कुरा गर्नुपर्छ ।बालबालिकाले इन्टरनेटमा के चालउने, के नचालउने भन्ने विषयमा केही पर्खाल तयार गर्न जरुरी छ ।

उमेर अनुसारको एपमात्रै प्रयोग गर्न दिनुहोस् । उपयुक्त रुपमा प्राइभेसी सेटिङ मिलाउनुहोस् । बालबालिकालाई इन्टरनेटमा कसरी सुरक्षित रहने भन्ने विषयमा सिकाउनु पनि अभिभावकको रुपमा तपाईंकै जिम्मेवारी हो ।

यससँगै तपाईंको नियन्त्रण पनि एक हो । उनीहरुलाई इन्टरनेटमा कसरी प्रतिक्रिया जनाउने भन्ने विषयमा सिकाउनु पर्ने हुन्छ । सक्नुहन्छ भने तपाईं आफै इन्टरनेट सुरक्षित रुपमा प्रयोग गरी बालबालिको रोलमोडल बन्नुहोस् । यो सबैभन्दा प्रभावकारी उपाय पनि हो ।

यसैगरी अफलाइनमा बालबालिकासँग रमाइलो क्रियाकलाप गर्ने, बालबालिकालाई घुलमिल बनाउने काम गर्न अत्यन्त जरुरी छ । यसो गर्दा बालबालिका इन्टरनेटमा कम समय बिताउँछन् ।

यसका साथै ईन्ड–टु–ईन्ड इन्क्रिप्टेड भएका एप प्रयोग गर्नुपर्छ । यसो गर्दा तपाईंले पठाएको सन्देश पठाएको व्यक्ति बाहेक बीचमा अनधिकृत रुपमा कसैले पढ्न पाउँदैनन् । त्यसका लागि सिंगल, टेलिग्राम र ह्वाट्एप जस्ता म्यासेजिङ एपको प्रयोग गर्दा बालबालिका सुरक्षित हुनेछन् ।

सँगै वेवसाइटहरु प्रयोग गर्दा यूआरएलको सुरुमा ‘लक’ अर्थात बन्द ताला युक्त सिंग्नल भएको वेब साइटमात्रै प्रयोग गुर्नपर्छ । पासवर्ड पनि सुरक्षित राख्न एकदमै जरुरी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४