close

लकडाउनमा एसईईका विद्यार्थीलाई डिसहोमको तयारी कक्षा

टेकपाना टेकपाना

चैत २८, २०७६ १५:२८

लकडाउनमा एसईईका विद्यार्थीलाई डिसहोमको तयारी कक्षा

काठमाडौं । स्याटेलाइट टेलिभिजन प्रशारक डिसहोमले लकडाउनको समयमा एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीको पढाईमा सघाउने भएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत एसईईका विद्यार्थीहरुका लागि तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

कम्पनीले अंग्रेजी, गणित र विज्ञान विषयको तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ । कक्षा हरेक दिन बिहान ७ः३०, मध्यान्ह १२ः३० र बेलुका ६ः३० बजेको समयमा च्यानल नम्बर १०१ बाट प्रशारण हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४