close

खल्तीबाट एनसेलको सीयूजी रिचार्जमा भ्याट बिल

टेकपाना टेकपाना

चैत २८, २०७६ १९:१८

खल्तीबाट एनसेलको सीयूजी रिचार्जमा भ्याट बिल

काठमाडौं । अब एनसेलको सीयूजी (क्लोज युजर ग्रुप) सिम प्रयोग गर्ने कर्पोरेट ग्राहकले अब रिचार्जमा भ्याट बिल प्राप्त गर्न सक्ने भएका छन् । डिजिटल वालेट खल्तीमार्फत एनसेलको रिचार्ज गर्दा कर्पोरेट ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।

खल्तीबाट एनसेलको सीयूजी सिम रिचार्ज गर्न एसएमबक्समा गएर CUG लेखेर स्पेस दिनुहोस् । त्यसपछि आफ्नो कम्पनीको नाम लेखेर ३७००१ मा एसएमएस पठाउनुहोस् । यति गरेपछि कम्पनीले निर्धारण गरेको रिचार्ज सबै सिम होल्डरहरुको अकान्टमा आउनेछ ।

यस बाहेक मोबाइल नम्बर र रकम सहितको एक्सेल सिटमा सिधै अपलोड गरी एकैपटक सयौं रुपैयाँको रिचार्ज समेत गर्न सकिने खल्तीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४