close

अमेरिकी बजारमा चीनको पहुँच रोक्ने रणनीतिमा गूगल

टेकपाना टेकपाना

चैत २९, २०७६ १६:४९

अमेरिकी बजारमा चीनको पहुँच रोक्ने रणनीतिमा गूगल

काठमाडौं ।  ग्लोबल इन्टरनेट क्षेत्रीय इन्टनेटमा निरन्तर बाँडिन थालेको छ । अमेरिकाको संघीय सञ्चार आयोगबाट सम्बन्धन प्राप्त गूगलको सब्सीडरी कम्पनी जीयू होल्डिङ्सले अमेरिका र ताइवानबीच सामुद्रिक अप्टिकल फाइबर बिच्छ्याउने तयारी गर्दैछ ।

तर उसले हङकङसँगको आफ्नो अप्टिकल फाइबर विस्तारलाई भने रोकेको छ । प्यासिफिक लाइट डेटा कम्युनिकेसनले चीनसँग जोड्ने केबल विस्तारमा ढिलाई गरेको थियो ।

ट्रम्प प्रशासनले टिम टेलिकमको माध्यमबाट उक्त परियोजनाको समिक्षा गर्दै हङकङ र अमेरिकाबीचको इन्टरनेट कनेक्टिभिटीले अमेरिकाको इन्टरनेट पूर्वाधारमा व्यापक जोखिम निम्त्याउने भन्दै त्यसलाई रोकेका हुन् ।

उक्त केबल परियोजनाको मूख्य उद्देश्य भनेको अमेरिकालाई ताइवान, हङकङ र फिलिपन्ससँग जाड्नु थियो । ता कि यसले गूगल तथा फेसबुकजस्ता कम्पनीहरुलाई उनीहरुको घरेलु डेटा सेन्टरबाट ठूलो रुवमा उदयीमान एसियाप्रशान्त क्षेत्रमा सार्ने क्षमता प्राप्त गर्न सकून् ।

आजको जस्तो विश्व महामारीको अवस्था र वर्क फ्रम होमको ट्रेण्ड चलिरहेको समयमा यस्तो किमिसमको ब्याण्डविथको एकदमै ठूलो आवश्यकता छ । २०१७ को अन्त्यतिर  केबल अपरेटिङ कम्पनीको शेयर डा पेन टेलिकम एण्ड मिडिया ग्रुपले खरिद गरेको थियो ।

जसले गर्दा केबल बेइजिङको मातहतमा आउनसक्ने चिन्ता अमेरिकाका सुरक्षा अधिकारीहरुमाझ उत्पन्न  भएको थियो । चीनलाई लिंक गर्ने केबल विस्तारमा ढिलाई हुँदा जीयू होल्डिङलाई ठूलो घाटा भएको थियो ।

टिम टेलिकमको एक्सटेन्सिभ रिभ्यू प्रोसेसका कारण आफ्नो परियोजना फिजिबल हुन नसकेको भन्दै एफसीसीसँग जीयू होल्डिङले उजूरीमार्फत गुनासो गरेको थियो ।

ताइवानसँग लिंक अगाडि बढाउने नयाँ घोषणापछि जीयू होल्डिङ्सले आफ्नो परियोजनामा राष्ट्रिय सुरक्षााका लागि अवरोध तथा निगरानीको सामना गर्न सहमति भएको छ ।

उसले एफसीसीलाई नेटवर्क अपरेटिङ प्रक्रियाको बारेमा सबै कुरा अपडेट गराउनेदेखि केबल अपरेसनमा सुरक्षादस्ताका कर्मचारीलाई पनि समावेश गराउन तयार भएको छ । 

तर हङकङसँगको कनेक्सनका लागि उसले दिएको निवेदन भने एफसीसीमा अझै पेन्डिङमै छ । टिम टेलिकम एजेन्सीले हङकङसँगको अमेरिकाको सिधा केबल कनेक्सनले अमेरिकाको राष्ट्रिय सुरक्षालाई जोखिम पुर्‍याउने बताएको छ ।

राष्ट्रिय सुरक्षा सम्झौता अन्तर्गत गूगलले अब एसियामा आफ्नो इन्टरकनेक्सन प्वाइन्टलाई विविधिकरण गर्नुपर्नेछ । यसका लागि उनीहरुले आफ्नो इन्टरकनेक्सन प्वाइन्टलाई फिलिपिन्स, इन्डोनेशिया, थाइल्याण्ड र भियतनाममा विस्तारित गर्नेछ ।

यस किसिमको विविधिकरणले र नेटवर्क फेसिलिटीहरुको स्थापना पश्चात इन्टनरेट ट्राफिक चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा मात्र निर्भर रहने छैन । यो सम्झौताले गूगल तथा अन्य ठूला प्राविधिक कम्पनीलाई महत्वपूर्ण एसिया प्रशान्त क्षेत्रमा आफ्नो स्वार्थलाई अघि बढाउन मद्दत गर्नेछ ।

तर यसले ग्लोबल इन्टरनेटको बढ्दो डिस्इन्टग्रेसन अफ द भिजन अफ वानलाई नजरअन्दाज गरेको गरेको छ । 

युरोप, भारत, चीन र रसियाकाे डेटा सार्वभौमिकता नियमले प्रविधि कम्पनीहरुलाई ग्लोबल इन्टरनेट प्रयोगकर्ताका लागि खुला र निःशूल्क पूर्वाधार उपलब्ध गराउनुको साटो प्रत्येक क्षेत्रको गोपनीयता र सेन्सरशिप स्वार्थलाई विशेष क्लाउड सर्भिसेस टेलर्ड प्रदान गर्न दबाब दिने गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४