close

नेटफ्लिक्स प्रिमियम निःशूल्क भन्दै आएको लिङ्क क्लिक नगर्नुहोस्, अकाउण्ट ह्याक होला

टेकपाना टेकपाना

चैत २९, २०७६ १७:४४

नेटफ्लिक्स प्रिमियम निःशूल्क भन्दै आएको लिङ्क क्लिक नगर्नुहोस्, अकाउण्ट ह्याक होला

काठमाडौं । म्यासेन्जरमा ६० दिनको लागि नेटफ्लिक्सको प्रिमियम भिडियो नि:शूल्क प्राप्त गर्न लिङ्क क्लिक गर्नुहोस भन्ने म्यासेज प्राप्त गर्नुभएको छ भने त्यसो नगर्नुहोला ।

नेटफ्लिक्सले अहिलेसम्म आफ्नो उक्त सेवा नि:शुल्क उपलब्ध गराएको आधिकारिक जानकारी दिएको छैन । म्यासेन्जरमा तपाइले प्राप्त गरेको उक्त लिङ्कमा क्लिक गर्नुभयो भने तपाई‌ंलाई जस्तै त्यो तपाईंका अरु साथीलाई पनि स्वत: जानेछ । यो एक किसिमको ‘स्क्याम’ हो ।

यस प्रकारका लिङ्कमा क्लिक गर्दा तपाइको एकाउन्टमा सुरक्षा जोखिमको सम्भावना रहन्छ । त्यसैले म्यासेन्जरमा त्यस्तो लिङ्क प्राप्त भएको छ भने त्यो नखोल्नुहोस । सम्भावित सुरक्षा जोखिमबाट सुरक्षित रहनुहोस ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४