close

ह्याकरले सार्वजनिक गरेको भायानेटको विवरण प्रयोग गरे कारबाही

टेकपाना टेकपाना

चैत ३०, २०७६ ११:५०

ह्याकरले सार्वजनिक गरेको भायानेटको विवरण प्रयोग गरे कारबाही

काठमाडौं । दूसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणले सुचना जारी गर्दै अनाधिकृत रुपमा सार्वजनिक भएको विवरण प्रयोग नर्गन आग्रह गरेको छ । प्राधिरकणले गत बुधबार ह्याकरले सार्वजनिक गरेको इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट प्रालिको तथ्याङ्क कसैले प्रयोगमा ल्याएको खण्डमा कारबाही गरिने जनाएको छ ।

‘भायानेटको ग्राहक प्रणाली(CRM)मा साइबर हमला(Cyber Attack) गरी सेवाग्राहीको व्यक्तिगत विवरण सार्वजनिक भएको विषयमा प्राधिकरणको गम्भिर ध्यानाकर्षण भएको छ,’ प्राधिकरणले आइतबार जारी गरिएको सुचनामा लेखिएको छ, ‘कम्पनीले तत्कालै सम्बन्धित प्रणालीको कमजोरीलाई हटाएको (patched the vulnerability) र इन्टरनेट सेवाग्राहीको विवरणलाई सुरक्षित गरीसकेको जानकारी गराएको छ । साथै उक्त कम्पनीले हमला गर्ने व्यक्तिको खोजी सम्बन्धित निकायबाट भईरहेको र भविष्यमा यस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।’
यस्तो अवस्थामा इन्टरनेट सेवाका ग्राहकहरुको विवरण कसैलाई अनधिकृत रुपमा प्राप्त भई त्यस्तो विवरण कुनै पनि माध्यमबाट सार्वजनिक नगर्न र नगराउनु प्राधिकरणले आग्रहक गरेको हो ।

साथै यदि त्यस्ता व्यक्तिको बारेमा थाहा भएको खण्डमा प्राधिकरणलाई जानकारी गराउन समेत सुचनामा उल्लेख गरिएको छ । यदि सुचनाको अवज्ञा गरी कसैले विवरण सार्वजनिक गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४