close

एनसेलले बुझायो सरकारले निर्धारण गरेको सम्पूर्ण लाभ कर

टेकपाना टेकपाना

चैत ३०, २०७६ १३:४१

एनसेलले बुझायो सरकारले निर्धारण गरेको सम्पूर्ण लाभ कर

काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले निर्धारण गरेको सम्पूर्ण पुँजीगत लाभ कर चुक्ता गरेको छ । आइतबार एनसेलले ठूला करदाता कार्यालयमा बुझाउन बाँकी रहेको १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४७ रुपैयाँ पुँजीगत लाभकर बुझाएको हो ।

ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले पुँजीगत लाभकर बापतको सबै रकम असुल गरेको बताएका छन् । उनले भने, ‘अहिले एनसेलले १४ अर्ब ३३ करोड बुझाएको छ ।’

यसअघि एनसेललाई सर्वोच्च अदालतले २१ अर्ब १० करोड रुपैयाँ कर लाग्ने ठहर गरेको थियो । भने त्यसमा ब्याजको हिसाब गर्दै ठूला करदाता कार्यालयले एनसेलमाथि २२ अर्ब ४४ करोड रुपैयाँ कर लाग्ने भनी पत्र पठाएके थियो ।

सोही पत्रको आधारमा एनसेलले पहिलो पटक गत पुस १५ गते ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको थियो । भने दोस्रो पटक गएको चैत १८ गते एनसेलले ४ अर्ब ६० करोड रुपैयाँ पुँजीगत लाभकर बुझाएको थियो ।

दुईपटक गरी ९ अर्ब १० करोड रुपैयाँ कर बुझाएको एनसेलले आइतबार १४ अर्ब ३३ करोड तिर्दै आफ्नो दायित्व पुरा गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४