close

लकडाउनले प्रभु पेलाई दियो नयाँ ‘आइडिया’, स्मार्टफोन नभएपनि मोबाइल वालेट चल्ने

टेकपाना टेकपाना

चैत ३०, २०७६ १५:३०

लकडाउनले प्रभु पेलाई दियो नयाँ ‘आइडिया’, स्मार्टफोन नभएपनि मोबाइल वालेट चल्ने

काठमाडौं । स्मार्टफोन छैन तर मोबाइल वालेट प्रयोग गर्नुपर्ने छ । प्रभु पेले स्मार्टफोन नहुने त्यस्तै प्रयोगकर्तालाई लक्षित गर्दै मोबाइल वालेट सञ्चालनमा ल्याएको छ । जस अनुसार बारफोन प्रयोग गरेर नै मोबाइल रिचार्ज गर्ने, इन्टरनेट, बिजुलीको बील तिर्ने लगायत काम गर्न सकिन्छ ।

त्यसका लागि कुनै एपको आवश्यक नपर्ने कम्पनीले जनाएको छ । कोरोनाका कारण लकडाउनको परिस्थितिमा बाहिर जान नपाएको समयमा सबैलाई बैंकिङ पहुँच पुर्याउने उदेश्यका साथ यो सेवा सुरु कम्पनीले जानकारी दिएको छ । सुविधा हाललाई भने एनसेलका प्रयोगकर्तालाई मात्रै उपलब्ध छ ।

यो सेवा प्रयोग गर्न सुरुमा एनसेल प्रयोगकर्ताले म्यासेज बक्समा ‘rg’ लेखी त्यससँगै आफुले राख्ने चार अंकको mPin (उदाहरणको लागि १२३४) लेखि ३१०४१ मा पठाउनु पर्छ । त्यसो गरेसँगै तपाईंको एनसेल नम्बर प्रभु पेमा दर्ता हुनेछ । दर्तापछि प्रयोगकर्ताले मोबाइलमा *३१०४१*mpin# टाइप गरी डायल गर्नुपर्छ । त्यसरी डायल गर्दा त्यहाँ विभिन्न विकल्प देखाउने छ ।

त्यसमध्ये कुन विकल्प आफूले प्रयोग गर्न खोजको हो उक्त विकल्पको नम्बर टाइप गरी सेवा लिन सकिन्छ । कम्पनीका अनुसार यसबाट रिचार्ज अथवा बिल पेमन्टको लागि पठाइएको म्यासेजको कुनै शुल्क लाग्ने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४