close

कर्मचारीकाे तलब सहित कोरोना कोषमा प्राधिकरणको १५ करोड चार लाख सहयोग

टेकपाना टेकपाना

चैत ३०, २०७६ १९:१६

कर्मचारीकाे तलब सहित कोरोना कोषमा प्राधिकरणको १५ करोड चार लाख सहयोग

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड ४ लाख ५६ हजार ४१ रुपैयाँ सहयोग कोषमा दाखिला गरेको छ । चैत २० गते बुधबार बसेको प्राधिकरण बोर्ड बैठकले गरेको निर्णय अनुसार उक्त रकम कोषमा आइतबार भएको प्राधिकरणले जनाएको ।

सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट खरीद तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग गर्न उक्त कोष खडा गरेको हो ।

उक्त कोषमा दाखिला गरिएको कुल रकम मध्य चार लाख ५६ हजार ४१ रुपैयाँ प्राधिकरणका पदाधिकारी तथा कर्चचारीको तर्फबाट उपलब्ध गराइएको हो ।

त्यसमा अध्यक्षको १५ दिनको, बरिष्ठ निर्देशक तथा निर्देशकको ७ दिनको, उपनिर्देशक तथा सहायक–निर्देशकको पाँच दिन र सहायक तथा अन्य सबै श्रेणीविहिन कर्मचारीको ३ दिनको तलब बराबरको रकम रहेको छ । भने १५ करोड प्राधिकरणको कोषबाट व्यहोरिएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४