close

सामसङ ग्यालेक्सी ए सिरिजका नयाँ फोन सार्वजनिक, यस्ता छन् फिचर

टेकपाना टेकपाना

बैशाख १, २०७७ १२:५९

सामसङ ग्यालेक्सी ए सिरिजका नयाँ फोन सार्वजनिक, यस्ता छन् फिचर

काठमाडौं । सामसङले अमेरिकी बजारमा ग्यालेक्सी ए जेरो वान र ग्यालेक्सी ट्वान्टी वान सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी ए सिरिजको छैंठाै‌ मोडेलको रुपमा यो मोबाइल सार्वजनिक गरेको हो ।  

ग्यालेक्सीको ए जेरो वान सामसङ बजारमा नयाँ इन्ट्री लेभलको बजेट फोन हो । यो ए सिरिजको लाइन अपमा ग्यालेक्सी ए इलाभेन, ग्यालेक्सी ए ट्वान्टी वान र ग्यालेक्सी ए फिफ्टी वान स्मार्टफोनहरु रहेका छन् ।

साथै यो लाइनअपमा अन्य फाइभजी सपोर्ट गर्ने मिड रेन्ज फोनहरु पनि रहेका छन् । त्यी फोनहरु ए फिफ्टी वान फाइभजी र ग्यालेक्सी ए सेभेन्टी वान फाइभजीहरु हुन् ।

यो वर्षको सुरुवातमा सामसङले ग्यालेक्सी ए इलाभेन र ग्यालेक्सी ए फिफ्टी वान मोडलका फोनहरु विश्वव्यापीरुपमा सार्वजनिक गरेको हो ।

सामसङ ए जेरो वान

Galaxy A01

केही महिना अघि सामसङले आफ्नो बजेट फोन ग्यालेक्सी ए जेरो वान अन्य बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले पछिल्लो समय अमेरिकी बजारमा यसलाई सार्वजनिक गरेको हो । ग्यालेक्सी ए जेरो वानमा ६.५७ इञ्चको एचडी प्लस इन्फिनिटी भी डिस्प्ले रहेको छ ।

यसमा क्वालकम स्नापड्रागन ४३९ एसओसी प्रोसेसर छ । यसमा दुई जीबी र्‍याम र १६ जीबीको स्टोरेज छ । जसलाई माइक्रो एसडीको सपोर्टमा ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

ए जेरो वानमा पछाडि भागमा डुअल क्यामेरा सेटअप रहेको छ । जसमा १३ मेगापिक्सेलको प्राइमेरी सेन्सर र दुई मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । यसमा ५ मेगापिक्सेलको सेल्फी सूटर छ ।  मोबाइलमा तीन हजार एमएएच क्षमताको ब्याट्री छ ।

बजेट फोन भएपनि यो एन्ड्रोइड १० आधारित वान यूआई २.० आउट अफ बक्स युक्त फोन हो । यो फोन अमेरिकी बजारमा अप्रिल ९ पछि १०९ डलरमा उपलब्ध हुनेछ ।

सामसङ ग्यालेक्सी ए ट्वान्टी वान

ग्यालेक्सी ए ट्वान्टी वानको ग्यालेक्सी ए ट्वान्टीको सेक्सेसर हो । नयाँ ग्यालेक्सी ए ट्वान्टी वानमा पनि ग्यालेक्सी ए ट्वान्टीको जस्तै  फिचरहरु छन् ।

Galaxy A21

यसमा ६.५ इञ्चको एचडी प्लस इन्फिनिटी ओ डिस्प्ले रहेको छ । यसमा ३ जीबी र्‍याम र ३२ जीबीको इन्टरनल स्टोरेजको विकल्प छ । यसको क्षमतालाई ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

क्यामेरा सेटअपको कुरा गर्दा यसमा क्वाड क्यामेरा सेटअप छ । जसमा १६ मेगापिक्सेलको प्राइमरी सेन्सर छ । यस अलावा ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र दुई मेगापिक्सेलको म्याक्रो सेन्सर छ ।

यसमा दुई मेगापिक्सेलको डेप्थ सेन्सर र इन्फिनिटी ओ डिस्प्लेमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।ग्यालेक्सी ए ट्वान्टी वान स्मार्टफोनमा ४००० एमएएच क्षमताको ब्याट्रीका साथै फास्ट चार्जिङको सुविधा पनि छ ।

यसमा एन्ड्रोइड टेनमै आधारित वान यूआई २.० आउट अफ बक्स छ । यसमा पछाडिपट्टी माउन्टेड फिंगरप्रिन्ट सेन्सर रहेको छ । यो फोन २४९ अमेरिकी डलरमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४