close

आफ्नै शेयरधनीबाट मुद्दा खेप्दै जूम

टेकपाना टेकपाना

बैशाख १, २०७७ १४:५४

आफ्नै शेयरधनीबाट मुद्दा खेप्दै जूम

काठमाडौं ।  भिडियो कन्फ्रेन्स सुविधा दिँदै आएको जूम एपका शेयरधनीहरुले कम्पनीमाथि मुद्दा दायर गरेका छन् ।  जूमले आफ्नो सुरक्षा कमजोरी रहेको कुरालाई अतिरिन्जित गरेर स्टक मार्केटमा शेयर मूल्य गुमाएको भन्दै उक्त मुद्दा दर्ता गरेका हुन् ।

कोरोना भाइरसको महामारी सुरु भएपछि भिडियो कन्फ्रेन्सिङ एप जुम प्रयोगकर्ताको संख्या एक करोडबाट २० करोड पुगेको थियो । तर प्रयोगकर्ताको संख्या बढेसँगै कम्पनीको एपमा सुरक्षा तथा गोपनीयता सम्बन्धी समस्याहरु देखिन थाले ।

यसैबीच बाहिर प्रचार गरिए झै इण्ट टु एण्ड इन्क्रिप्टेड सर्भस नदिएको आरोपहरु कम्पनी माथि लाग्न थाले । जूमले यी आरोपहरु स्वीकार गरेपछि उसको शेयर मूल्य २० प्रतिशतले घट्न पुग्यो ।

क्यालिफोर्नियाको संघीय अदालतमा मुद्दा दर्ता गर्ने एकजना शेयर धनीले आफूले ठूलो क्षति बेहोरेको बताएका छन् । उनका अनुसार उनले ५० कित्ता शेयर १४९.५० डलरमा खरिद गरेका थिए भने एक हप्तापछि उनले त्यही शेयर १२०.५० डलरमा बिक्री गरेका छन् । 

जूमले यस बारेमा हालसम्म आफ्नो आधिकारिक प्रतिक्रिया व्यक्त गरेको छैन । यस अलावा जूमले अहिले अर्को मूद्दाको पनि सामना गरिरहेको छ । जूमको आईओएसमा उपलब्ध एपले फेसबुकसँग आफ्नो डेटा शेयर गरेको पाइएपछि उसमाथि अर्को मूद्दा दायर भएको हो ।

जूमले फेसबुक अकाउन्ट नै नभएका प्रयोगकर्ताको पनि डेटा फेसबुकसँग शेयर गरेको पाइएको हो । जूमले यी गल्ती सच्याउन जूम बम्बिङ नामको एउटा फिचर ल्याउने बाचा गरेको थियो ।

यसमा उसको इन्क्रिप्सनलाई सुधार गर्नुका साथै जूममा बिना अनुमति कल गर्न मिल्ने र ट्रोललाई रोकथाम गर्ने डिफल्ट सेटिङलाई पनि परिवर्तन गर्ने व्यवस्था थियो । 

न्युयोर्क सिटी स्कूलले सुरक्षा कमजोरीका कारण जूममाथि प्रतिबन्ध लगाउँदै त्यसको साटो माइक्रोसफ्ट टिम्सको प्रयोग गर्न थालेको छ ।

ताइवान सरकारले पनि जूमको प्रयोगकमा उसका संस्थाहरुलाई प्रतिब्नध लागू गरेको छ । जर्मनको परराष्ट्र मन्त्रालयले समेत आफ्ना कर्मचारीलाई जूम प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४