close

यस्ता छन्, भिडियो कन्फ्रेन्सिङका लागि जूमका विकल्प

टेकपाना टेकपाना

बैशाख १, २०७७ १६:५१

यस्ता छन्, भिडियो कन्फ्रेन्सिङका लागि जूमका विकल्प

काठमाडौं । तपाईं वर्क फ्रम होमको समयमा जूम एपबाट भिडियो कन्फ्रेन्स गर्दै हुनुहुन्छ भने जूम बारे प्रकाशित सुरक्षा कमजोरीका समारचारहरु पढिरहनु भएकै होला ।

तपाईं जूमको विकल्पमा अन्य भिडियो कन्फ्रेन्सिङ एफहपहरु प्रयोग गर्न चाहनुहुन्छ भने तपाईसँग अनेक विकल्पहरु छन् । 

१. ग्रुप फेस टाइम

 तपाईं एप्पलका प्रडक्ट प्रयोग गर्नुहुन्छ भने जूमको साटो ग्रुप फेसटाइम एप प्रयोग गर्नसक्नुहुन्छ । यसले तीस जनासम्म कलर्सलाई सपोर्ट गर्छ ।

यसमा इण्ड टु इण्ड इन्क्रिप्सन पनि रहेको छ । तर यो क्रस प्लेटफर्म नभएको हुँदा विजनेसको समयमा अप्रभावकारी रोजाई बन्न बन्न सक्छ ।

२. माइक्रोसफ्ट स्काइप र टिम्स

माइक्रोसफ्टको स्काइप  र टिम्स अहिले जूमको राम्रो विकल्पको रुपमा सेवा प्रदान गरिरहेका छन् ।स्काइप तपाईंले बिना अकाउन्ट प्रयोग गर्नसक्नुहुन्छ । यसमा पचासजना मानिसहरुले ग्रुप भिडियो कल गर्न सक्छन् ।

यसले डकुमेन्ट र स्क्रिन शेयरिङको सुविधा पनि दिएको छ । यसले पनि इण्ड टु इण्ड इन्क्रिप्ट सुविधा पनि यसमा रहेको छ । यस्तै माइक्रोसफ्टले हालै ल्याएको टिम्सले पनि यी सबै सुविधा दिन्छ ।  

इन्टरप्राइज प्रो 

इन्टरप्राइज प्रयोगकर्ताका लागि उच्च क्षमताका सोलुसनहरु रहेका छन् । सिस्को वेबम्याक्स मिटिङ, टिम भ्युअर र गोटु मिटिङ त्यसका केही उदाहरण हुन् ।

यी सबैको सब्स्क्रिप्सन मूल्य फरक फरक छ । तर सिस्को वेबम्याक्स र टिम  भ्युअरले फ्रि पर्सनल अकाउन्ट पनि दिन्छ । सुरक्षाको कुरा गर्दा वेबम्याक्सले इण्ड टु इण्ड इन्क्रिप्सनको अप्सन पनि यसमा रहेको छ ।

यस्तै ब्लुजिन्स र जाब्बर पनि इन्टरप्राइजमा व्यापक प्रयोग भइरहेका विकल्पहरु हुन् । ब्लुजिन्सले सय जनासम्मलाई सपोर्ट गर्छ । जाब्बर भने सिस्कोकै प्रडक्ट हो । यो पनि एउटा राम्रो समाधान बन्न सक्छ । 

सबैभन्दा सुरक्षित एप: सिग्नल 

सिग्नल उच्च सुरक्षा सहित भिडियो कन्फ्रेन्स सुविधा दिने अर्को एप हो । यसले इण्ड टु इण्ड इन्क्रिप्सन सुविधा दिन्छ । यो सबै प्लेटफर्ममा उपलब्ध छ ।

जिट्सी: सेल्फ होस्ट सिस्टमका लागि ओपन सोर्स टूल

हालैका हप्ताहरुमा जिट्सी एकदमै प्रयोगमा आएको भिडियो कोलाबरेसन सोलुसन बनेको छ । यसमा सेल्फ होस्टेड कोलाबोरेसन सिस्टमलाई सेट अप गर्नसकिन्छ ।

उच्च सुरक्षाको फिचर रहेको यो एप  निःशूल्क उपलब्ध छ । यसले इण्ड टु इण्ड इन्क्रिप्सनलाई पनि सपोर्ट गर्छ । मोबाइल एपको रुपमा समेत पाउन सकिने यो विकल्पमा सेल्फ होस्टेडको समाधान पनि छ । 

गूगल ह्याङआउट्स तथा मिट

गूगलले आफ्नो ह्याङआउट्स मिटको प्रिमियम भर्सन ल्याएको छ । यो जी स्वीट प्रयोगकर्ताहरुले मासिक ६ डलरमा प्रयोग गर्नसक्छन् ।

यसको भिडियो कलमा २५० जनालाई समेट्न सकिन्छ । यसमा एक लाख जनासम्मको लागि भिडियो स्ट्रिमिङ गर्न सकिन्छ ।  तर यसले इण्ड टु इण्टु इन्क्रिप्सनलाई भने सपोर्ट गर्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४