close

इन्टरनेटमा कसरी फैलिँदैछन्, कोरोनासँग जोडिएका फाइभजी विरोधी षड्यन्त्र ?

टेकपाना टेकपाना

बैशाख १, २०७७ १७:३०

इन्टरनेटमा कसरी फैलिँदैछन्, कोरोनासँग जोडिएका फाइभजी विरोधी षड्यन्त्र ?

काठमाडौं ।  कोरोनाभाइरसको संक्रमण रोक्न विश्व एकजुट भएर लागिरहेको अवस्थामा अहिले यो भाइरससँग जोडिएका केही षड्यन्त्र शिद्धान्तहरु चर्चामा छन् । विशेषगरी कोभिड-१९ लाई फाइभजी प्रविधिसँग जोडेर आएका षडयन्त्रका शिद्धान्तहरु अहिले चर्चामा छन् ।

फाइभजीका षड्यन्त्र शिद्धान्तकारहरले ल्याएका यस्ता कुराहरु अहिले मूलधारमै देखिन थालेका छन् । पाँच महिनाअघिसम्म कोभिड-१९ को अस्तित्वको बारेमा कसैलाई जानकारीसम्म थिएन ।

यसको मेडिकल वास्तविकतालाई लिएर विश्व वैज्ञानिक समाजमा एक किसिमको समान बुझाईको अवस्था छ । अनुसन्धानकर्ताहरु अझै भाइरससम्बन्धि जानकारी जुटाउन लागिपरेका छन् ।

तर पर्याप्त जानकारीको अभावमा अहिले यो महामारीको सम्बन्ध इन्टरनेटसँग पनि जोडिन थालेको छ । जुन यो अल्पनीय विश्व स्वास्थ्य संकटको एउटा खतरनाक पाटोको रुपमा देखा परेको छ । 

योण्डर नामक एउटा एआई कम्पनीका अनुसार उसले निगरानी गर्दै आएका कुराकानी, फर्जी सूचना, षड्यन्त्र जस्ता अनलाइन क्रियाकलापहरु अहिले यो महामारीको समयमा मूलधारको सूचनासामग्रीको रुपमा आउन थालेका छन् ।

कम्पनीले प्रस्तुत गरेको कोरोना भाइरसको  गलत सूचनाको रिपोर्ट अनुसार अहिलेको प्रतिकूल समयमा मूलधारले पनि यस्ता किसिमका षडयन्त्रधारी सोच, अफवहा र चेतावनीहरुलाई स्वीकार गर्न थालेको छ । 

रिपोर्टअनुसार सामान्य अवस्थामा इन्टरनेटहरुमा उत्पन्न हुने यस्ता किसिमका अफवाहहरुले मूलधारमा स्थान पाउन ६ देखि ८ महिनासम्मको समय लाग्न सक्छ । तर कोभिड-१९ को मामिलामा यसले केवल तीन दिनदेखि दुई हप्तासम्मको समय मात्र लिएको छ ।

योण्डरका चिफ इन्नोभेसन अफिसर रेन फोक्स भन्छन्, ‘हामीले इन्टरनेटमा विभिन्न षडयन्त्रका शिद्धान्त र अन्य झुटा समाचारहरु अकल्पनीय गतिमा फैलिरहेको पाएका छाैं ।’ 

यो ट्रेण्डले हाइपर प्यासोनेट मानिसहरुको सानो समूहका कारण फाइभजी लगायतको विकासमा ठूलो प्रभाव देखिन थालेको छ । कोरोनाभाइरससँग जोडिएर आएका फाइभजीको षड्यन्त्र शिद्धान्तहरु नयाँ हुन्, तर फाइभजीको षड्यन्त्र भने आफैमा नयाँ होइन । 

क्यूए नन वा एन्टी भ्याक्सर्सजस्ता अनलाइन फ्याक्सनहरुबाट आएका फाइभजीका फर्जी सूचनाहरु महिनाैंसम्म रहिरहे । तर अहिले कोभिड १९ सँग जोडिएपछि यसले मूलधारमा छोटो समयमै स्थान पाएको छ ।

फाइभजी कोरोना भाइरसको झुटो दाबीको विरुवा त्यस समय नै रोपिएको थियो, जब गत जनवरीको अन्त्यतिर एउटा प्रकाशित अन्तरवार्तामा बेल्जियन चिकित्सकले फाइभजी प्रविधिले स्वास्थ्य जोखिम निम्त्याउने र यो भाइरससँग जोडिएको हुनसक्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अन्तरवार्ताको केही समय नबित्दै डच भाषी एकजना एन्टी भाइभजी षड्यन्त्र शिद्धान्तकारले उक्त शिद्धान्तलाई बोकेर फेसबुक पेज र युट्युब च्यानलहरुमा प्रचार प्रसार गर्न थाले ।  

यीनै षड्यन्त्रकारी शिद्धान्तको प्रभावमा आएर वेलायतका केही ठाउँमा मानिसहरुले मोबाइल फोनका टावरहरु भत्काउन थाले । सरकारी अधिकारीहरुले पनि यही शिद्धान्तमा विश्वास गरेर विभिन्न टावरहरुलाई विस्थापन गर्ने कामसम्म गरेका थिए ।

गार्जियनको रिपोर्ट अनुसार वेलायतमा फाइभजीको रोलआउटमा ढिलाई भइरहेको समयमा ढालिएका ती कुनै पनि टावरहरुमा फाइभजी प्रविधि राखिएको भने थिएन । ती सबै टावरमा थ्रीजी र फोरजी प्रविधि थिए । 

यसै साता यो षड्यन्त्र मूलधारमा पुग्यो ।  जोन कुस्याक र वुड्डी हारेलसन जस्ता कलाकार र सेलिब्रिटीहरुले यो षड्यन्त्रलाई विश्वास गरेर शेयर गरे । यी सेलिब्रेटीका कारण फाइभजीको यो षडयन्त्र शिद्धान्त उनीहरुका ठूलो संख्यामा रहेका ट्वीटर तथा इंस्टाग्राम फ्यान माझ पुगेको थियो । 

ट्वीटरमा अहिले फाइभजी र यो महामारीलाई लिएर विभिन्न किसिमका धारणाहरु प्रसार भइरहेका छन् । ट्वीटवरका एक प्रयोगकर्ता लेख्छन्, ‘कसैले किन देख्दैन, फाइभजी पहिलोपटक वुहानमा परीक्षण भएको थियो । यो कुनै संयोग होइन ।’ 

अर्का ट्वीटर प्रयोगकर्ता प्रश्न गर्छन्, ‘फाइभजी पहिलोपटक वुहानमा इन्स्टल भएको थियो त्यसपछि अन्य शहरमा इन्स्टल भयो । के यो संयोग मात्रै हो ?’

हेर्ने हो भने विगतमा पनि फाइभजीका झुटा सूचनाले पर्याप्त सहयोग प्राप्त गरेको देखिन्छ । गत वर्ष न्यूयोर्क टाइम्समा प्रकाशित एक खबर अनुसार रसियासँग जोडिएको एउटा मिडिया आरटी अमेरिकाले २०१८ मा फाइभजी र स्वास्थलाई जोडेर जोखिमपूर्ण सेग्मेन्टहरु प्रशारण गरेको थियो ।

गत मे महिनासम्म आरटी अमेरिकाले फाइभजीसँग जोडिएका तथ्यहीन सातवटा विभिन्न कार्यक्रमहरु प्रशारण गरिसकेको छ । ती सामाग्रीहरुमा फाइभजीले नोज ब्लिडिङ, बालबालिकाहरुमा क्यान्सर र शारीरिक अपाङ्गता निम्त्याउन सक्ने दाबी गरिएको थियो ।

अहिले प्रचार भइरहेका चर्चित फाइभजी सम्बन्धी अफवाहहरु गलत सूचनासँग पनि जोडिएका हुन सक्छन् । तर निश्चित समयभन्दा अगावै हामी पनि वास्तविक कुरा थाहा पाउन सक्दैनाैं ।

फाइभजीसँग सम्बन्धित यस अघिका अनुसन्धानहरुमा सोसल एनालिटिक्स कम्पनी ग्राफिकाले फाइभजीका अधिकांश अनलाइन सम्वादहरु स्वास्थ्य प्रभावसँग जोडिएको पाइएको छ ।

तर फाइभजीका यस्ता षडयन्त्र शिद्धान्तलाई शेयर गर्ने अकाउन्ट र यस अघि एन्टी भ्याक्सिनलाई नकार्ने, फ्ल्याट अर्थ र सेम ट्रेल जस्ता गलत सूचना शेयर गर्ने अकाउन्टहरुबीच धेरै कुरा समान पाइएको थियो ।

याे संकटको सुरुवाती समयदेखि नै स्क्यामर्सहरुले फर्जी उपचार र रोकथाम विधिहरुको अफर गर्ने अवसर पाउँदै आएका छन् ।

सोसल मिडिया कम्पनीहरुले यस किसिमका स्वास्थ्य सम्बन्धि फर्जी सूचना, स्क्याम तथा षडयन्त्रहरुको प्रचारबाजी रोक्न आक्रमक नीति ल्याउँदै आए पनि अझै केही एआई ब्लाइण्ड स्पोटहरुमा यी कुराहरु सतहमै देख्न सकिन्छ ।

अहिले यी सोसल मिडिया प्लेटफर्महरुका कर्मचारीहरु घरमै लकडाउनमा छन् र उनीहरु अहिले एआईमा पहिलेभन्दा धेरै निर्भर भएका छन् । कोभिड-१९ को सुरुवाती फर्जी जानकारीहरुको प्रसारमा सामाजिक सञ्जालहरुले नै सहजीकरणको भूमिका खेलेको देखिन्छ ।

तर पछि ट्वीटर, फेसबुक र युट्युवजस्ता साइटहरुले इन्फोवारलाई प्रतिबन्ध लगाउने उद्देश्यले एलेक्स जोन्सजस्ता विख्यात षड्यन्त्र शिद्धान्तकारलाई आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाएका थिए । तर अहिले जोन्स पुनः यी क्रियाकलापहरु आफ्नै साइटबाट गरिरहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४