close

कोरोनाको लक्षण छ वा छैन ? टेलिकममा *१४१९# डायल गरेर दिनुहोस् जानकारी

टेकपाना टेकपाना

बैशाख २, २०७७ १७:१६

कोरोनाको लक्षण छ वा छैन ? टेलिकममा *१४१९# डायल गरेर दिनुहोस् जानकारी

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाईरस फैलिनबाट रोक्न अर्को कदम चालेको छ । पहिलो चरणमा रिङ ब्याक टोनमार्फत कोरोनाको सन्देश जारी गरेको टेलिकमले प्रयोगकर्तालाई कोरोनोको लक्षण छ की छैन भनेर आफै जानकारी दिन सक्ने प्रणालीको विकास गरेको छ ।

यो प्रणाली अन्तर्गत नेपाल टेलिकमको सिम प्रयोगकर्ताले डायल प्याडमा गएर ८१४१९३ डायल गरी सोधिएको प्रश्नको जवाफ दिनुपर्नेछ । टेलिकमले कोरोना जाँचका लागि ज्वरो आए नआएको, खोकी लागे नलागेको प्रश्न सोध्नेछ ।

जवाफ अंकमा दिनु पर्नेछ । जस्तो यदि तपाईंलाई पहिलो अप्सन छनोट गर्नुछ भने ‘१’, दोस्रो अप्सन छनोट गर्नुछ भने ‘२’ छनोट गरी जवाफ दिनु पर्नेछ । सम्पूर्ण प्रश्नको जवाफ दिएसँगै तपाईंमा देखिएको लक्षण कोरोनको लक्षणसँग मेल खाने नखाने भनी अन्त्यमा तपाईंलाई जानकारी दिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४