close

लकडाउनले भारतमा चर्चित एप्सको बजार घट्यो, अमेजन र फ्लीपकार्टमा अर्डर आउनै छाड्यो

टेकपाना टेकपाना

बैशाख ३, २०७७ ९:५४

लकडाउनले भारतमा चर्चित एप्सको बजार घट्यो, अमेजन र फ्लीपकार्टमा अर्डर आउनै छाड्यो

एजेन्सी । कोरोनाभाइरसको महामारीले अर्बाैं मानिसलाई अहिले घरभित्र बस्न बाध्य बनाएको छ । यसबीच पश्चिमा मुलुकमा उपभोक्ता र इन्टरप्राइज सम्बन्धि विभिन्न एपको डाउनलोड संख्यामा वृद्धि भएको छ ।

तर भारतमा भने यो परिदृश्य फरक छ । अनुसन्धान कम्पनी एपटोपियाबाट प्राप्त तथ्याङ्कलाई टेकक्रञ्चलेले विश्लेषण गरेको छ ।

जसमा विगत तीन महिनामा टिकटक, ह्वाट्सएफ, ट्रुकलर, हेल्लो, भीम्याट, फेसबुक, गूगल प्ले र पेटीएम जस्ता एपको डाउनलोडको अवस्थामा कुनै परिवर्तन देखिएको छैन । बढ्नुको सट्टा केही एपको प्रयोग घटेको भने अवश्य देखिन्छ ।

भारत सरकारले देशव्यापीरुपमा दोस्रो चरणमा मे ३ तारिखसम्मका लागि लकडाउन घोषणा गरिसकेको छ । लकडाउनकै कारण भारतका अधिकांश कम्पनीले आफ्ना कर्मचारीलाई घरबाट काममा खटाइरहेका छन् । यसबीच धेरै लोकप्रिय एप्सको आयमा आयमा नाटकीय गिरावट आएको पाइएको छ ।

अप्रिल १२ सम्म ३१ दिनभित्र भारतमा टिकटक दुई करोड दुई लाख पटक डाउनलोड भएको छ । जनवरीमा मात्रै टिकटक दुई करोड १६ लाख पटक डाउनलोड भएको थियो । सोही अवधिमा ह्वाट्सएपको डाउनलोड एक करोड ७० लाखदेखि एक करोड २० लाखसम्म गिरावट भएको छ । यस्तै हटस्टारको डाउनलोड पनि ९८ लाखदेखि ३० लाखमा झरेको छ । बाइटीड्यान्स हेलोको डाउनलोड पनि एक करोड ५ लाखदेखि ७५ लाखमा झरेको छ ।

सबैभन्दा धेरै फेब्रुअरी महिनामा भारतमा टिकटक एकदिनमा सात लाख पटक डाउनलोड भयो जुन बढेर आठ लाख ९१ हजार पुगेको थियो । तर अहिले यो डाउनलोड संख्या प्रतिदिन ४ लाख ५० हजारभन्दा कम पुगेको छ । एपटोपियाको अनुसार ह्वाट्सएफको डाउनलोड पनि साढे ६ लाखदेखि साढे २ लाख पुगेको छ ।

भारत सरकारले हालै एउटा आरोग्य सेतु नामको एप लन्च गरेको छ । उक्त एप अहिले दैनिक सात लाख ८० हजारको संख्यामा डाउनलोड भइरहेको छ । यो एपले कुनै पनि व्यक्ति कोरोना संक्रमितको नजिक छ वा छैन भनेर थाहा पाउन मद्दत गर्छ ।

यस्तै मार्च १३ देखि अप्रिल १२ को बीचमा टिण्डरले एप स्टोर र गुगलको प्ले स्टोरमा तीन लाख १९ हजार एक सय दुई डलर इन एप कमाइ गरेको छ । यस्तै जनवरीमा यी दुई एप स्टोर प्लेटफर्ममा उसको इन एप रेभिन्यूमा पाँच लाख ४७ हजार एक सय तीन डलर संकलन भएको छ । यस्तै सोही अवधिमा नेटफ्लिक्सको इन एप रेभिन्यू दुई लाख ८५ हजार पाँच सय ६२ डलरदेखि एक लाख ९२ हजार एक सय ५४ डलरमा झरेको छ । यस्तै युट्युुब र लिंक्डइनले पनि यस्तै प्रकारको गिरावटको सामना गर्नुपरेको छ ।

तर यसको अपवादमा आफ्नो इन एप रेभिन्यूमा सुधार देखिएको एउटै एप हो हटस्टार । यसको इन एप रेभिन्यू एक लाख ७३ हजार दुई सय५३ देखि बढेर ३ लाख २९ हजार छ सय ७५ डलर पुगेको छ । डिज्नीले यो महिनाको सुरुवातमा भारतमा डिज्नी प्लस एटप हटस्टार लन्च गरेको हो ।

यस्तै खाद्य बस्तु डेलिभरी गर्ने एप बिग बास्केटको भने इन एप रेभिन्यु गत हप्ता ६ करोड डलर पुगेको छ । यस्तै ग्रोफर्स नामको अर्को खाद्य बस्तु डेलिभरी एपमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । तर अमेजन, फ्लिपकार्ट र स्न्यापडिलमा भने बितेका हप्ताहरुमा कुनै पनि अर्डरहरु आएका छैनन । मार्केट रिसर्च फर्म सिमिलरवेबको अनुसार भारतमा एन्ड्रोइड प्रयोगकर्तामाझ यी एपहरुको दैनिक डाउनलोड र एक्टिभ युजर्समा पनि गिरावट देखिएको हो ।

यस्तै गत फेब्रुवरीमा ९ हजार डाउनलोड संख्या दर्ता गराएको लोकप्रिय भिडियो च्याट एप जूमको भने हालैको हप्तामा डाउनलोड संख्या बढेर पाँच लाख पुगेको छ । एसियाली बजारमा चर्चित गेम बनेको लुडो किङको दैनिक डाउनलोड पनि बढेर साढे चार लाख पुगेको छ हालका दिनमा । यो एपको डाउनलोड गत फेब्रुअरीको सुरुवाती समयमा डेढ लाख थियो ।

मानिसहरु घरभित्रै बसिरहेको अवस्थामा भारतमा डेस्कटपको प्रयोग बढेको छ । भारत मोबाइल फर्स्ट मुलुक हो यहाँ आधा अर्ब जनसंख्या स्मार्टफोन प्रयोगकर्ता छन् । भारतमा डेस्कटपको तुलनामा मोबाइल वेब ब्राउजरको संख्या धेरै छ । तर फेब्रुअरीदेखि मार्च महिनाको बीचमा डेस्कटप प्रयोग बढेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४