close

भाइबरले क्षमा माग्दै भन्यो: तपाईंको डाटा सुरक्षित छ

टेकपाना टेकपाना

बैशाख २, २०७७ १७:३०

भाइबरले क्षमा माग्दै भन्यो: तपाईंको डाटा सुरक्षित छ

काठमाडौं । भाइबरले पछिल्लो समय नेपालमा देखिएको एसएमएस स्क्यामबारे क्षमा माग्दै आवश्यक प्रकृया अघि बढाउने बताएको छ । कम्पनीले म्यासेजमार्फत प्रयोगकर्ताले प्राप्त गरेको भाइरबर अकाउण्टको एक्टिभेसन कोड भाइबरसँग सम्बन्धित नभएतापनि यसमा आवश्यक प्रक्रिया अघि बढाइने बताएको छ ।

‘भाइबर प्रयोगकर्ताको अकाउन्टमा पहुँच बनाउन स्क्यामरले अन्य कम्पनीबाट लीक गरिएको डाटा प्रयोग गर्न सक्छन,’ भाइबरको आधिकारिक फेसबुक पेजमा लेखिएको छ, ‘यदि तपाईंले यस्तो म्यासेज प्राप्त गर्नु भएको भए हामी क्षमाप्रार्थी छौँ ।

यी आक्रमणलाई रोक्न हामीले प्राप्त भएका नम्बरलाई तत्कालै ब्लक गर्ने काम भएको छ, भाइबर नेपालका प्रतिनिधिले टेकपानासँग भने, ‘आगामी दिनमा त्यस्ता गतिविधिलाई रोक्न आवश्यक कदम चालिएको छ ।’

अहिलेको स्क्यामबाट प्रयोगकर्ताको डाटा सुरक्षित रहेको भाइबरको भनाई छ । यदि आगामी दिनमा पनि तपाईंको अनुरोध बिना एक्टिभेसन कोड प्राप्त भएमा त्यसलाई व्यवास्ता गरी हामीलाई ट्वीटरमार्फत Twitter @ViberHelp मा वा https://vb.me/contactsupport मा टिकट खोलेर जानकारी दिन समेत उसले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४