२०७९, २४ श्रावण मंगलबार   |  
Tuesday 9th August 2022

नेपाल टेलिकमकाे नेटवर्कबाट ई–पास लिन वेबसाइट खोल्दा पैसा नलाग्ने

Nepal Telecom

काठमाडौं । नेपाल टेलकिमले कम्पनीका मोबाइल प्रयोगकर्ताले गृह मन्त्रालयले प्रदान गर्ने विद्युतीय पास (e-pass) सम्बन्धी वेब पोर्टल प्रयोग गर्दा खपत हुने मोबाइल डाटा लकडाउन अवधिभर निशुल्क उपलब्ध गराउने भएकाे छ । यसका साथै टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसीसँगको सहकार्यमा देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

पहिलो चरणमा सो सर्वेक्षण सुदूरपश्चिम क्षेत्रमा कार्यान्वयन गरिने छ र क्रमश प्राथमिकता अनुसार अन्य प्रदेशहरुमा समेत सञ्चालन गर्न सकिनेछ । सो सर्वेक्षणका लागि कम्पनीले सम्बन्धित प्रदेशका सबै जिल्लाहरुमा रहेका कम्पनीका मोबाइल प्रयोगकर्तालाई एसएमएस मार्फत जानकारी गराउने छ ।

एसएमएस प्राप्त भए पश्चात कम्पनीका मोबाइल प्रयोगकर्ताहरुले मार्फत *१४१९# डायल गरी सोधिएका प्रश्नहरुको जवाफ सहज रुपमा अंक १ वा २ थिचेर दिन सक्नेछन् । सो सर्वेक्षण देवनागरी लिपिमा उपलब्ध हुनेछ र हरेक प्रश्नको उत्तर यदि ‘हो’ वा ‘छ’ भएमा १ र ‘होइन’ वा ‘छैन’ भएमा २ थिचेर पठाउनु पर्नेछ ।

उक्त सर्वेक्षणबाट प्राप्त तथ्यांक सीसीएमसीलाई सिधै प्राप्त हुनेगरी कम्पनीले आवश्यक व्यवस्था समेत गरेको छ । यसरी सर्वेक्षणबाट प्राप्त हुने तथ्यांकको विश्लेषणबाट सीसीएमसीले कोरोना संक्रमणको अवस्थाको बारेमा महत्वपूर्ण जानकारी हासिल गर्नसक्ने र संक्रमण नियन्त्रण गर्न थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

यसैगरी हाल मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा अत्यावश्यक सेवा तथा वस्तु परिचालन गर्न तथा आवतजावत गर्नको लागि नेपाल सरकार, गृह मन्त्रालयले प्रदान गर्ने विद्युतीय पास (e-pass) सम्बन्धी जानकारी उपलब्ध गराउनको लागि नेपाल टेलिकमले एसएमएस सर्ट कोड सेवा उपलब्ध गराएको छ ।

नेपाल सरकार, गृह मन्त्रालयको ई–पास सम्बन्धी वेब पोर्टलमार्फत आवेदन प्राप्त भएपछि ई–पास उपलब्ध गराउने सम्बन्धी जानकारी नेपाल टेलिकमको मोबाइल भएका सम्बन्धित निवेदकलाई शर्ट कोड ‘१११२’ मार्फत पठाउन सकिने टेलकिमले जनाएको छ ।

लकडाउन अवधिभरको लागि उक्त सर्ट कोडमार्फत पठाइने एसएमएस कम्पनीले निस्शुल्क गरेको छ भने सो सर्ट कोड सञ्चालनको लागि नेपाल टेलिकमले एसपीपी अकाउण्ट तथा भीपीएन कनेक्सनसमेत निशुल्क उपलब्ध गराएको जनाएकाे छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team