close

अनलाइनमा निओस्फेरको निःशूल्क प्रोग्रामिङ र ग्राफिक डिजाइन तालिम, यसरी हुनुहोस् भर्ना

टेकपाना टेकपाना

बैशाख ३, २०७७ १७:३०

अनलाइनमा निओस्फेरको निःशूल्क प्रोग्रामिङ र ग्राफिक डिजाइन तालिम, यसरी हुनुहोस् भर्ना

काठमाडौं । निओस्फेरले लकडाउनको समयमा घरमै बसेर सिक्न सकिने गरी दुई हप्ताको अनलाइन तालिम कक्षा संचालन गर्ने भएको छ । घरमै बस्नुपर्ने अहिलेको बाध्यतापूर्ण समयको सदुपयोग गरी उज्वल भविष्य बनाउन चाहनेहरुका लागि निओले निःशूल्क रुपमा अनलाइन तालिम दिने भएको हो ।

यो तालिममा सबै उमेर समूहका विधार्थीहरु सहभागी हुन सक्ने बताइएको छ । आईटी सीप विकासमा अब्बल संस्थाको रुपमा स्थापित निओस्फेरले प्रोग्रामिङ र ग्राफिक डिजाइनमा केन्द्रीत भएर कक्षा संचालन गर्ने जनाएको छ ।

जसबाट १००० जना विद्यार्थीलाई निःशूल्क अनलाइन ट्रेनिङ उपलब्ध गराइनेछ । इच्छुक
विधार्थीहरुले निओस्फेयरको वेबसाइटमा गएर गएर आफूलाई रजिष्ट्रर गर्न सक्नेछन् ।

वेबसाइटमार्फत रजिस्ट्रेसन पुरा गरीसकेपछि आइतबार ईमेलमार्फत अनलाइन कक्षाको लिंक सहितको जानकारी प्राप्त हुने निओस्फेरका केन्द्र प्रमुख रत्नेश धीरजले जानकारी दिए । तालिम कक्षाहरु तीन सेसनमा सञ्चालन हुनेछन्

‘सोही लिङ्क मार्फत निःशूल्क अनलाइन तालिममा सहभागी हुन सकिनेछ,’ उनले भने, ‘यसका लागि छुट्टै सफ्टवेयर डाउनलोड गरिरहनु पर्दैन । अहिले एक हजार जनाका लागि तालिम दिने भनिए पनि त्यसभन्दा धेरै आवेदन आए सिट संख्या थप्ने योजना पनि छ ।’

जसअनुसार प्रोग्रामिङ कक्षा बिहान १० बजेदेखि ११ः३० बजेसम्म र बेलुका ५ बजेदेखि ६ः३० बजेसम्म गरी दुई सेसनमा सञ्चालन हुनेछ । ग्राफिक डिजाइनको तालिम कक्षा भने बिहान ९ बजेदेखि १०ः३० बजेसम्म हुनेछ । तालिम कक्षाहरु २० अप्रिल अर्थात ८ वैशाखदेखि सुरु हुनेछन् ।

विश्वभर फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण अहिले देशभर लकडाउन कायम छ । आफ्नो र परिवारको सुरक्षाका लागि सबैजना घरमै बस्न बाध्य छन् ।

जसका कारण विद्यार्थीहरुको पढाई निकै प्रभावित भइरहेको छ । यस्तो अवस्थामा ट्रेनिङ कक्षा विद्यार्थीहरुका लागि उपलब्धिमूलक हुने निओस्फेरले जनाएको छ ।

शिक्षण क्षेत्रबाट नेपालको प्रविधि विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ गोल्छा अर्गनाइजेशनले स्थापना गरेको निओस्फेरले उच्चस्तरीय सुविधा र पूर्वाधार सहित आईटी सम्बन्धी विभिन्न सीपपमूलक शिक्षा उपलब्ध गराउँदै आएको छ ।

निःशूल्क अनलाइन कक्षामा भर्ना हुन यहाँ क्लिक गर्नुहोस् । समाचार अपडेटका लागि रिफ्रेश गर्नुहोला ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४