close

ससुरालीमा बसेर फेसबुकमा कोरोनाको झुटो हल्ला फैलाउने १ जना पक्राउ

टेकपाना टेकपाना

बैशाख ३, २०७७ १८:१३

ससुरालीमा बसेर फेसबुकमा कोरोनाको झुटो हल्ला फैलाउने १ जना पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाएको अभियोगमा एक जना युवालाई पक्राउ गरेको छ । सुर्खेतको लेकबेसी नगरपालिका-१ लेकफर्सा स्थित आफ्नै ससुराली घरमा बस्दै आएका दैलेख नौमुले नगरपालिका-३ का २१ वर्षीय प्रेम बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

बिकले आफ्नो फेसबुक स्टाटसमा सुर्खेतमा एक जना कोरोना संक्रमित व्यक्ति देखिएको भन्दै तथ्यहीन र भ्रामक प्रचार गरी अफवाह फैलाएर जनमानसमा डर त्रास फैलाउने अभियोग लगाइएको छ ।

ईलाका प्रहरी कार्यालय लेकबेसीबाट खटिएको प्रहरीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४