close

एनसेलबाट यसरी आफै गर्नुहोस्, कोरोना परीक्षण

टेकपाना टेकपाना

बैशाख ३, २०७७ १९:१२

एनसेलबाट यसरी आफै गर्नुहोस्, कोरोना परीक्षण

काठमाडौं । मोबाइल सेवा प्रदाय कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि एसएसडी कोड मार्फत कोरोनाभाइरस अर्थात कोभिड-१९ रोग परीक्षणा गर्न सकिने सुविधा सार्वजनिक गरेको छ । कम्पनीका ग्राहकले *१७१००# डायल गरी कोरोनाको परीक्षण गराउन सक्नेछन् ।

सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने आफ्ना ग्राहकलाई लक्षित गर्दै यस अघि यस्तै सुविधा सार्वजनिक गरिसकेको छ । आफै परीक्षण गरेर चिन्ता हटाऔँ भन्दै एनसेलले कोरोना भाइरसको संक्रमण भए/नभएको परीक्षण गरेर आफू, परिवार, समुदाय र देशलाई सुरक्षित राख्न आग्रह समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४