close

सबैभन्दा सस्तो आईफोन सार्वजनिक, नेपालमा कति पर्ला ?

टेकपाना टेकपाना

बैशाख ४, २०७७ १०:६

सबैभन्दा सस्तो आईफोन सार्वजनिक, नेपालमा कति पर्ला ?

एजेन्सी। लामो समयदेखि चर्चाको विषय बनेको आईफोन एसई बुधबार सार्वजनिक भएको छ । कोरोनाका कारण घेरै पटक सार्वजनिक हुने मिति परिवर्तन हुँदै आएको भएतापनि बुधबार भने कम्पनीले आईफोन एसई सार्वजनिक गरेको हो ।

आईफोन एसई कम्पनीको सबैभन्दा सस्तो फोन हो । प्रिमियम फोन मात्रै उत्पादन गर्दै आएको कम्पनीले मिड रेञ्जमा आफ्नो उपस्थिती जनाउन यो फोन सार्वजनिक गरेको जनाएको छ । यो फोनको सुरुवाती मुल्य तीन सय ९९ डलर अर्थात ४८ हजार ८ सय ७० रुपैयाँ तोकिएको छ ।

४.७ इन्च डिस्प्ले रहको फोनमा होम बटन प्रयोग भएको छ । यो फोन सन् २०१६ मा सार्वजनिक भएको आईफोन ८ जस्तै रहेको छ । फोनमा फेस अनलक नभएर फिंगरप्रिन्ट सेन्सर रहेको उल्लेख गरिएको छ । फोनमा १२ मेगापिक्सेल मुख्य क्यामरा र ७ मेगापिक्सेलको ७ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।

फोन सेतो, कालो र रातो गरि तीन फरक कलरमा सार्वजनकि भएको छ । फोन ६४, १२८ र २५६ जीबी भेरियन्टमा उपलब्ध फोन कम्पनीले विषेशगरी भारतीय बजारलाई लक्षित गर्दै ल्याएको हो । मोबाइलको दोस्रो ठूलो बजारको रुपमा उदाएको भारतलाई लक्षित गर्दै विभिन्न कम्पनीले पछिल्लो समय स्मार्टफोन निर्माण गर्न थालेका छन् ।

यो फोन चाँडै नेपाली बजारमा पनि आउने निस्चित छ । यसको नेपाली बजार मुल्य निस्चित भैसकेको नभएतापनि ५० हजार भन्दा कम मूल्यमा नेपाली बजारमा उपलब्ध हुन सक्ने अनुमान गर्न सकिन्छ ।-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४