close

डिशहोमका आधारभूत प्याकेजमै थप च्यानल, रिचार्जको होम डेलिभरी

टेकपाना टेकपाना

बैशाख ५, २०७७ ११:४५

डिशहोमका आधारभूत प्याकेजमै थप च्यानल, रिचार्जको होम डेलिभरी

काठमाडौं । डाइरेक्ट टु होम (डीटीएच) प्रविधिबाट टेलिभिजन सेवा प्रदान गर्दै आएको डिसहोमले लकडाउनमा बिक्री पछिको सेवालाई मूख्य प्रथामिकतामा राखेको छ । कम्पनीले सस्तो प्याकजे हेर्ने ग्राहकलाई सोही मूल्यमा लकडाउन सुरु भएदेखि नै थप च्यानल प्रदान गर्दै आएको छ ।

‘यसले लकडाउनको समयमा ग्राहकले घरमा बसेर थप नयाँ च्यानल हेर्दै समय बिताउन सहज होस् भन्ने नै हो,’ कम्पनीका जनरल म्यानेजर रमेश सापकोटा भन्छन्, ‘यसबाट विशेषगरी आधारभूत प्याकेजका ग्राहक सबैभन्दा बढी लाभान्वीत भएका छन् ।’

त्यससँगै डिशहोमले लकडाउनका बेला कुनै पनि नेपाली नागरिक टेलिभिजन हेर्नबाट बञ्चित बन्नुपर्ने अवस्था नआओस् भन्दै क्रेडिट सेवाको अवधिलाई पनि थप गरेको छ । ‘अफ्ट्यारोमा उध्यारो’ योजना अन्तर्गत कम्पनीले यसअघि दिइदै आएको पाँच दिनको अवधिमा पाँच दिन अरु थप गरी १० दिन पुर्‍याएको हो ।

यसले ब्यालेन्स सकिएको अवस्थामा क्रेडिट सेवा लिई १० दिनसम्म टेलिभिजन हेर्ने अवसर प्रदान गरेको सापकोटा बताउँछन् । उनका अनुसार यो सेवा लिनेको संख्या दैनिक रुपमा बढिरहेको छ ।

यसका लागि ग्राहकले मोबाइलको म्यासेज बक्समा गएर ‘Credit स्पेस Customer ID (सेटअप बक्सको पछाडि भागमा रहेको ११ नम्बरको सीएस आईडी’ टाइप गरी ३२५०० मा एसएमएस गर्नुपर्ने हुन्छ ।

यसो गर्दा थप १० दिनको लागि डिसहोमको सेवा प्राप्त हुनेछ । त्यसपश्चात रिचार्ज गर्दा उक्त १० दिनको पैसा काटिने छ । तर अहिले लकडाउन लम्बिदै गएको समयमा यो १० दिनको अवधि पनि अपुग भइसकेको छ ।

त्यसैलाई मध्यनजर गर्दै कम्पनीले टोल फ्री नम्बर (टेलिकमका लागि १६६००१२२००० तथा एनसेलका लागि ९८०११५५०००) उपलब्ध गराएको छ । यो सेवा प्रदान गर्ने कर्मचारीको सुरक्षालाई मध्यनजर गर्दै सोसल डिस्टेन्स कायम गरिएको छ ।

ग्राहकले डिसहोमको रिचार्ज सकिएको तथा क्रेडिट पनि उपयोग भइसकेको अवस्थामा रिचार्ज नपाएमा टोल फ्री नम्बरमा कल गरेर आफ्नो नाम र लोकेसन टिपाउन सक्नेछन् ।

उनीहरुले टिपाएको लोकेसनको आधारमा डिलर दाइमार्फत रिचार्जकार्ड उपलब्ध गराउने व्यवस्था कम्पनीले मिलाएको छ । देशभर हरेक स्थानीय तहमा गरी डिशहोमका १० हजार डिलर दाइ रहेका छन् ।

टोल फ्री नम्बरमा फोन नलागेको खण्डमा पनि ग्राहकलाई सहजता पुग्ने हिसावले कम्पनीले सामाजिक सञ्जालमा म्यासेज गरेर समेत यो सेवा लिन सकिने बनाएको छ । भाइबर, ह्वाट्एप र म्यासेन्जर सबै माध्यममा यो सेवा उपलब्ध छ ।

सरकारले सञ्चारको हिसाबले रिचार्ज कार्ड बाकेर जाँदा सेवा दिन हिडेका कर्मचारीलाई रोक नलगाउने भनेको छ । डिशहोमले यो समयमा च्यानल नम्बर १०८ र ८८८ मा सिनेमा घरको सेवा दिइरहेको छ ।

लकडाउनका कारण सिनेमा हल बन्द भएको अवस्थामा ग्राहकले नयाँ चलचित्र हेर्न सक्नेगरी थुप्रै फिल्महरु च्यानलमा उपलब्ध गराइएको छ । जुन हाल दैनिक दुई हजारभन्दा बढीले हेर्ने गरेका छन् । सामन्य अवस्थामा यो सेवा लिनेको संख्या ७–८ सयको हाराहारीमा मात्रै रहेको सापकोटाको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४