close

फाइभजी विरोधी षड्यन्त्रकारी ग्रुपमाथि फेसबुकको प्रतिबन्ध

टेकपाना टेकपाना

बैशाख ५, २०७७ १४:१६

फाइभजी विरोधी षड्यन्त्रकारी ग्रुपमाथि फेसबुकको प्रतिबन्ध

काठमाडौं । फाइभजीको विरोध गर्ने दुईओटा ग्रुपलाई फेसबुकले ब्लक गरेको छ । फाइभजीलाई कोरोना भाइरससँग जोडेर मोबाइल फोनका टावरहरु ध्वस्त पार्न आह्वान गर्ने ती ग्रुपहरुमाथि फेसबुकले प्रतिबन्ध लगाएको हो । 

‘स्टप फाइभजी ग्रुप’ नामक एउटा ग्रुपमा ६० हजार सदस्य थिए भने ‘डिस्ट्रोय फाइभजी सेभ आवर चिल्ड्रेन’ नामक अर्को ग्रुपमा २५ सय बढी थिए । ‘एन्टी हेट ग्रुप होप नट हेट’ले सोमबार सार्वजनिक गरेको रिसर्च पेपरमा ती दुवै ग्रुपहरुले फोनका टावरहरु ध्वस्त पार्न मानिसहरुलाई उकासिरहेको उल्लेख छ ।

ती ग्रुपहरुको कमेन्ट सेक्सनमा फाइभजी पूर्वाधारहरुमा क्षति पुर्‍याउन आह्वान गरिएको पाइएको थियो । ती दुवै ग्रुपका पोस्टहरु चारसयभन्दा धेरै पटकसम्म शेयर भएका थिए । 

होप नट हेटले फाइभजी टावरमाथि हमला गर्ने योजनाको खुल्लारुपमा छलफल भएका पोस्टहरु पनि फेला पारेको थियो । एन्टी फाइभजी अभियान्ताहरुले फाइभजीको रेडियो वेबले मानिसहरुको स्वास्थ्यमा असर पार्ने दाबी गर्दै आएका छन् । 

तर अन्य रेडियसनको तुलनामा रेडियो वेबमा एकदमै कम ऊर्जा हुन्छ ।  क्यान्सर रिसर्चले फोरजी र फाइभजी दुवैले क्यान्सर नलाग्ने निश्कर्ष निकालेको छ ।

कोरोना भाइरसको महामारी फैलिएपछि यसलाई फाइभजीसँग जोडेर धेरै फाइभजी विरोधी षडयन्त्रका शिद्धान्तहरु विकास भएका छन् । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४