close

अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्सफर गर्न सकिने !

टेकपाना टेकपाना

बैशाख ५, २०७७ १२:२८

अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्सफर गर्न सकिने !

काठमाडौं । अब सहकारी संस्थाका सदस्यले आफ्नो  खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर पाउने भएका छन् । हाम्रो टेक्नोलोजीको मोबाइल बैंकिंग प्लेटर्फम ‘एम बैंक एप’ प्रयोग गरि सहकारीको खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने भएको हो ।

कम्पनीका अनुसार नेपाल भरका जुनसुकै बैंकमा सहकारीको खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ । ‘एम बैंक एप’ सर्भिस लिएका सहकारी संस्थाले आफ्ना सदस्यलाई यस्तो सुविधा दिन सक्ने हाम्रो टेक्नोलोजीका सञ्चालक संजय महासेठले  जानकारी दिए ।

हाम्रो टेक्नोलोजीमा करिब १० वटा बैंक र  ३ सय वटा सहकारी संस्थाहरु आवद्ध भइसकेका छन् । कम्पनीमा आवद्ध सम्पूर्ण सहकारीका सदस्यले यस्तो सुविधा लिन सकिने कम्पनीका  सञ्चालक बिष्णु महर्जन बताउछन् ।

विगत ५ वर्षदेखि हाम्रो टेक्नोलोजीले नेपालको बैंकिङ तथा सहकारी क्षेत्रमा आवश्यक प्रविधि विकासको काम गर्दै आएकोछ । एम बैंक एपमा आहिले आफ्नो खातामा रहेको ब्यालेन्स ट्रान्सफर गर्न, ब्यालेन्स थाहा पाउन, स्टेटमेन्ट हेर्न, ऋणको  जानकारी हेर्न, फोन, नेट, टीभी आदिको रिचार्ज गर्न सकिन्छ ।

त्यस्तै ईसेवा, खल्ती, प्रभु पे, आइएमई पे जस्ता डिजिटल वालेटमा लोड गर्न सकिने र त्यहाँबाट विजुलीको बिल, खानेपानीको बिल भुक्तानी गर्न, हवाई टिकट काट्न, ओयो होटल बूक गर्न, क्यूआर भुक्तानी लगायतका सेवाहरु समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले हाल आफ्नो सेवा ४ वटा सहकारी संस्थामा गरिएको परीक्षण सफल भएको बताएको छ । हाम्रो टेक्नोलोजीले बैंक तथा सहकारी एवम् वित्तीय संस्थाहरुमा डिजिटल बैंकिङको सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४