close

कोभिड-१९ को समयमा स्टार्टअप र इन्टरप्राइजका चुनाैती

टेकपाना टेकपाना

बैशाख ६, २०७७ १२:३७

कोभिड-१९ को समयमा स्टार्टअप र इन्टरप्राइजका चुनाैती

काठमाडौं । कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमण निरन्तर फैलिरहँदा विभिन्न संस्थाहरुको सञ्चालनको तौरतरिकामा पनि परिवर्तन आउन थालेको छ । अहिले विश्वका अधिकांस संघसंस्थाहरु रिमोट वर्क अर्थात् वर्क फ्रम होममा सिफ्ट भएका छन् ।

यस किसिमको नयाँ कार्य शैलीबीच स्टार्टअप लगायतका संघसंस्थाहरुले मुख्यतः नाैं किसिमका चुनाैतीहरुको सामना गरिरहेका छन् । यस किसिमको आकस्मिक अवस्थाका कारण बिना योजना अहिले तीब्र गतिमा संघसंस्थाहरु रिमोर्ट वर्कफोर्सको मोडालिटीमा सिफ्ट भइरहेका छन् ।

यसले काम गर्ने सम्पूर्ण ईकोसिस्टममै परिवर्तन ल्याइदिएको छ । यससँगै मानिस, प्रक्रिया र प्रविधिमा पनि धेरै परिवर्तनहरु देखा परिरहेका छन् । यससँगै उत्पन्न विभिन्न चुनाैतिका कारण अहिले संस्थाको साइबर सुरक्षामा समेत ध्यान दिनुपर्ने अवस्था आएको छ ।

१. सामुहिक उपकरणको प्रयोगमा जोड

वर्क फ्रम होम एउटा अप्रत्याशित आवश्यकता बनेर हामी माझ आयो । यसका लागि हामीसँग कुनै तयारी, प्रशिक्षण र उपकरण थिएन । हामी अहिले हामीसँग जे उपलब्ध छ, त्यसबाट काम चलाइरहेका छाैं ।

तर यो महामारी लामाे समयसम्म नरोकिने अवस्था बन्दै गएपछि अब भने वर्क फ्रम होमकै मोडालिटीलाई पनि व्यवस्थित र प्रभावकारी बनाउनु पर्ने आवश्यकता देखिन थालेको छ ।

यसका लागि हामीले प्रयोग गर्दै आइरहेका व्यक्तिगत उपकरणहरु खासै प्रभावकारी हुँदैन । यसकारण  सम्पूर्ण संघसंस्थाहरुले सामुहिक उपकरणको प्रयोगमा जोड दिनुपर्ने देखिन्छ । 

संस्था तथा कम्पनीहरुले आन्तरिक कार्य त भिडियो र डिजिटल प्लेटफर्मबाट सम्पन्न गर्नसक्छन् । तर उपभोक्ता वा सेवाग्राहीसम्म आइपुग्दा डिजिटल माध्यमले सबैठाउँमा सहजीकरण गर्न सक्दैन ।

यसले पनि अर्को चुनाैती थपिदिएको छ । यसकारण हामीसँग त्यस किसिमको प्रविधि र उपकरण हुनुपर्छ, जुन कोभिड-१९ को महामारी अघि देखि नै हामीसँग होस् र अब त्यसको प्रयोगमा व्यापक वृद्धि भएको होस् । 

२. उपकरणको सुरक्षा खतरा

कर्मचारीहरुले वर्क फ्रम होमको मोडालिटीमा सिफ्ट भएसँगै उनीहरुले कार्यालयको व्यवस्थित सामुहिक उपकरणभन्दा पर गएर आफ्नो व्यक्तिगत उपकरणबाट काम गर्नुपर्ने हुन्छ ।

यस्तो वेला सबै कर्मचारीहरुको व्यक्तिगत उपकरणको सुरक्षा अवस्थालाई निर्क्यौल गर्नु पक्कै पनि संस्था तथा कम्पनीका लागि ठूलो चुनाैतीको विषय हुन्छ । कम्पनीको सुरक्षा प्रोटोकल र निमयसँग कर्मचारी बाँधिएको छ वा छैन भन्ने कुराको जानकारी संस्थालाई हुँदैन । 

३. असुरक्षित घरेलु नेटवर्क

अधिकांस इन्टरप्राइजले सुरक्षा खतराको कारण देखाउँदै आफ्ना कर्मचारीहरुलाई घरबाट कर्पोरेट नेटवर्कमा कनेक्ट हुन दिँदैनन् ।

तर एकाएक लकडाउनका कारण रिमोट वर्कको उपाय अपनाउनु परेपछि अहिले इन्टरप्राइजहरुसँग कर्मचारीको होम डिभाइसलाई सेन्ट्रलाइज्ड कर्पोरेट नेटवर्कसँग जोड्नुको विकल्प छैन ।

यसले सुरक्षा चुनाैती उत्पन्न गराएको छ । अहिले संस्थाहरुको सेक्युरिटी टिमलाई अपरेटिङ वातावरणसँग बढ्दो फिजिकल, लजिकल कनेक्सनलाई व्यवस्थापन गर्नुपर्नेे जिम्मेवारी थपिएको छ ।

४. आन्तरिक जोखिम

आन्तरिक जोखिम सधैं समस्याको विषय बन्दै आइरहेको छ । अर्थतन्त्रमा नाटकीय परिवर्तन आएका कारण व्यावसायीक संस्थाहरुले पनि अप्ठ्यारो निर्णय लिनु परेको छ ।

कतिपय संस्थाहरुले कर्मचारी तथा श्रमिकहरु कटाैती गर्नुपरेको छ । बेरोजगारी बढ्दै गएको छ । कोरोना भाइरसको संक्रमणको अवधि जति लम्बिन्छ, यो संख्या पनि त्यति नै बढ्ने निश्चित छ । यसरी कर्मचारी विस्थापनको क्रममा आन्तरिक जोखिम र संस्थाको साइबर चुनाैती झन् बढ्ने गर्छ ।

५. अनुपालनको चुनाैती 

कडा नियमभित्र बसेका संस्थाहरुका लागि टेलिकम्प्युटिङले थप समस्या सिर्जना गर्छ । केही संस्थाहरुले आफ्ना त्यस्ता नियमहरुलाई खुकुलो बनाए पनि कतिपय संस्थाहरु अझै त्यसमा बाँधिँएर बस्नु पर्नेमा जोड दिदैँ आएका छन् ।

कार्यशैलीमा परिवर्तन आएका कारण सबै कुरा परिवर्तन भइरहेको छ । यस्तो अवस्थामा पुराना नियमको अनुपालन कुन आधारमा कसरी गर्ने भन्ने कुरा चुनाैतीको रुपमा देखा परेको छ ।

६. व्यापक द्वन्द्धात्मक परिदृश्य 

कतिपय संस्थाहरुले अहिले कर्मचारी टाढा बसेर बिना सुरक्षा मापदण्ड काममा लगाउँदा व्यापक सुरक्षा चुनाैतीकाे सामना गरिरहेका छन् । नेटवर्क, प्रविधि, उपकरण र ‌अपरेसनल वातावरणको विस्तार हुँदै जाँदा यसले जोखिमको आकारलाई पनि बढाएको छ ।

तपाईंको संस्थामा कसरी छिर्ने र कसरी निस्कने भन्ने कुराको ज्ञान खराब प्रवृत्ति भएकाहरुलाई हुन्छ । यो अस्तव्यस्तताको समयमा कतिपय संस्थाहरु नियमन भइरहेका छैनन् । यसले गर्दा संस्थालाई यी कुराहरु ट्र्याक गर्न र ब्याड एक्टरहरुको निगरानी गर्न अप्ठ्यारो परिरहेको छ । 

तपाईं जब घरको नेटवर्क प्रयोग गर्नुहुन्छ तब यो समस्या थप विकराल बन्छ । किनभने पक्कै पनि तपाईं एक्लैले मात्र नेटवर्क प्रयोग गर्नुहुँदैन । यस्तो अवस्थामा साइबर अट्याकर्सहरु जुनसुकै समय तपाईंको नेटवर्कभित्र छिर्न सक्छन् । 

७. साइबर सुरक्षा विज्ञको अभाव

साइबर सुरक्षा अहिलेको समयमा जुनसुकै कम्पनीहरुका लागि समस्याको विषय बनेको छ । संस्थाहरुसँग साइबर सुरक्षा विज्ञको अभाव छ । यो समस्या अहिलेको अवस्थामा झनै विकराल छ ।

८. कर्मचारीमा तनाव

कार्यशैली परिवर्तना र कर्मचारी कटाैतीका कारण वर्क फ्रम होमबाट काम गरिरहेका कर्मचारीहरुमाथि कामकाे दबाब छ । थोरै कर्मचारीहरुको काँधमा धेरै जिम्मेवारी र भूमिका थपिन जान्छ । यसले गर्दा कर्मचारीहरुमा पनि एकदमै धेरै दबाव र तनाव बढेको छ ।

९. सप्लाई चेनको समस्या

माथि उल्लेखित समस्याहरुबाट कम्पनीहरुले छूटकारा पाए पनि अन्य कम्पनीहरुसँग पनि अन्तरआवद्ध भएको हुँदा यस्तो समयमा कम्पनीहरुले सप्लाई चेनको विषयमा व्यापक समस्या झेलीरहेका छन् ।

साना व्यवसायहरुका लागि यो ठूलो समस्या नभए पनि सप्लाई चेनमा अवरोध उत्पन्न हुँदा धेरै ठूला व्यवसायहरु पनि अहिले मारमा छन् । 

के हुनसक्छ उत्कृष्ट अभ्यास ?

यो अवस्था अहिले विश्वभरका संस्था, कम्पनी तथा व्यवसायहरुमा देखा परेको छ । यस कारण अहिले सबैभन्दा मूलभूत आवश्यकता भनेको सबैले आधारभूत साइबर सुरक्षामा ध्यान पुर्‍याउनु नै हो । सबै सन्देशहरु इन्क्रिप्डेट भएको र भिडियो मिटिङहरुमा पासवर्ड भएको सुनिश्चित गर्नुपर्छ । 

साइबर सुरक्षाका उपाय र नियमहरुको पालना गर्नुपर्छ । तर अहिलेको समयमा एआई, मसिन लर्निङ जस्ता आधुनिक प्रविधिले व्यावसायीक नेतृत्वहरुबीच रहेको केही समस्यालाई भने समाधान गर्नसक्छ ।

टेक रिपब्लिकका लागि जोनाथन ग्रिगले तयार पारेको सामग्रीको सम्पादित नेपाली अनुवाद ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४