close

इन्स्टाग्रामका संस्थापकले तयार पारे कोरोना फैलावट ट्र्याक गर्ने प्रविधि

टेकपाना टेकपाना

बैशाख ८, २०७७ ११:८

इन्स्टाग्रामका संस्थापकले तयार पारे कोरोना फैलावट ट्र्याक गर्ने प्रविधि

काठमाडौं । फोटो सेयरिङ एप इन्स्टाग्रामका संस्थापक केभिन सिस्ट्रोम र माइक क्रिगरले फेसबुक छोडेपछिको आफ्नो पहिलो प्रडक्ट सार्वजनिक गरेका छन् । यी दुई जनाले संयुक्त रुपमा सार्वजनिक गरेको यो नयाँ प्रडक्ट आरटी डट लाइभ हो । 

यसले अमेरिकाको प्रत्येक राज्यमा कोभिड-१९ कति तीब्ररुपमा फैलिदैँछ भनेर अप टु डेट ट्र्याकको काम गर्छ । आरटीले संक्रमित व्यक्तिहरुको आधारमा संक्रमित भएका मानिसहरुको औषत संख्या गणना गर्छ ।

एकभन्दा धेरै संख्या बढेमा कोभिड-१९ तीब्र गतिमा फैलिएको बुझ्न सकिन्छ । तर एकभन्दा कम अंक आएमा यसले भाइरस मत्थर भइरहेको बुझ्न सकिन्छ । 

उदाहरणका लागि आरटी डट लाइभले जर्जियामा संक्रमणको संख्या सबैभन्दा धेरै देखाएको छ । त्यहाँ आरटी स्कोर १‍.५ रहेको छ । यस्तै न्युयोर्कमा अहिले यो स्कोर ०.५४ छ । 

क्रिगरका अनुसार दैनिक रुपमा आरटी कसरी गणना गर्ने भनेर केभिन अहिले ओपन सोर्स डेटा एनालिसिस नोटबुकहरु लेख्ने तथा प्रकाशन गर्ने काम गरिरहेका छन् ।  

आरटी डट लाइभले देखाएको शनिबारको आरटी स्कोर अनुसार टेक्सस र क्यालीफोर्नियामा एक अंकभन्दा मूनि छ भने भर्माउन्टले ०.३३ अंक स्कोर गरेको छ । उक्त चार्टले रियल टाइम अवस्थामा वासिङटन र जर्जियाले कसरी यो रोगविरुद्ध सफलतापूर्वक संघर्ष गरिरहेका छन् भन्ने कुरा देखाएको छ । 

आरटी डेट लाइभले ती डेटाहरु कोभिड ट्र्याकिङ प्रोजेक्टबाट ल्याएको हो । आरटी लाइभको मोडलिङ सिस्टम तपाईंले गिटहबमा पनि परीक्षण गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४