काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले छुट्टै ‘गेमिङ एप’ सार्वजनिक गरेको छ । यो एपमार्फत प्रयोगकर्ताले हाइप्रोफाइल गेमरहरु फलो गर्न, उनीहरुले खेलिरहेका गेमको लाइभ स्ट्रिमिङ हेर्न र त्यसमा कमेन्ट गर्न सक्नेछन् ।
साथै यसमा आफूले खेलिरहेको गमेको स्क्रिन लाइभ गर्न समेत सकिने छ । फेसबुकका अनुसार लाइभमा गरिएको कमेन्ट तपाईंको फेसबुकमा भने देखिने छैन । गेम स्ट्रिमिङ गर्नेको संख्या ठूलोमात्रामा बढिरहेको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै फेसबुकले यो एप सार्वजनिक गरेको हो ।
एप भने अपेक्षा गरेभन्दा धेरै चाँडो आएको छ । यसको कारण कोभिड–१९ लाई लिइएको छ । कोभिड–१९ का कारण घरमा बस्दा धेरै गेम खेल्ने र लाईभ गर्नेको संख्या बढेकाले पनि फेसबकुले यो एप चाँडै ल्याएको बताइएको छ ।
फेसबुकको यो एपले युट्युव र ट्वीचसँग प्रतिपर्धा गर्नेछ । गेमरले हाल बढिजसो लाइभ स्ट्रिमिङ युट्युव र ट्वीचमा गर्दै आएका छन् । यस्तो अवस्थामा भने अब प्रयोगकर्ता यता सिफ्ट हुने अपेक्षा गरिएको छ ।
यो एप फेसबुकको मेन ट्याबमै उपलब्ध रहेको छ । आवश्यक परेको खण्डमा प्रयोगकर्ताले छुट्टै डाउनलोड गरेर पनि सहयोग गर्न सकिने उल्लेख गरिएको छ । हाल एन्ड्रोइड प्रयोगकर्तालाई मात्र उपलब्ध यो एप चाँडै आईओएसमा समेत उपलब्ध हुने बताइएको छ ।