close

भौतिक दुरीलाई सहयोग पुर्‍याउन ह्वाट्एपमा नयाँ स्टिकर

टेकपाना टेकपाना

बैशाख १०, २०७७ १०:५७

भौतिक दुरीलाई सहयोग पुर्‍याउन ह्वाट्एपमा नयाँ स्टिकर

काठमााडौं । म्यासेजिङ एप ह्वाट्सएपले कोरोनाभाइरसको महामारीको समयमा घरमा बस्नुको महत्व दर्शाउने खालका नयाँ स्टिकर सार्वजनिक गरेको छ । कम्पनीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सहकार्यमा आफ्ना दुई अर्ब प्रयोगकर्तालाई यो स्टिकर उपलब्ध गराएको हो ।

ह्वाट्स एपले ‘टुगेदर एट होम’ स्टिकर सार्वजनिक गरेको छ । जुन १० वटा भाषामा उपलब्ध रहेको छ । जसले प्रयोगकर्तालाई साबुन पानीले हात धुन, घरमै बसेर काम गर्न, भौतिक दुरी कायम गर्न प्रेरित गर्नेछ ।

फेसबुक, इन्स्टाग्राम र म्यासेञ्जरले स्टिकर सार्वजनिक गरे लगत्तै ह्वाट्एपले पनि कोरोनाको सचेतनाको लागि यस्तो स्टिकर सार्वजनिक गरेको हो । यसअघि इन्स्टाग्रामले ‘स्टे होम’, फेसबुक र म्यासेन्जरले ‘केयर’ नामक स्टिकर सार्वजनिक गरिसकेका छन् ।

यसअघि फेसबुकले यो समयमा म्यासेञ्जरको प्रयोग ठूलो मात्रामा बढेको भन्दै म्यासेञ्जरमा उक्त स्टिकर सार्वजनिक गरको जनाएको थियो । त्यही बढ्दो क्रमले गर्दा ह्वाट्एपमा पनि उक्त स्टिकर ल्याउनु पर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३