close

सगरमाथाको शिखरसम्म फाइभजी पुर्‍याउँदै चीन, आधार शिविरमा बेस स्टेसन जडान

टेकपाना टेकपाना

बैशाख १०, २०७७ ८:४०

सगरमाथाको शिखरसम्म फाइभजी पुर्‍याउँदै चीन, आधार शिविरमा बेस स्टेसन जडान

काठमाडौं । विश्वकै सबैभन्दा अग्लो शिखर ‘सगरमाथा’ सम्म फाइभजी नेटवर्क पुग्ने भएको छ । सर्वोच्च शिखर पुग्नु अनुभवी हिमाल आरोहीका लागि पनि सबैभन्दा चुनौतीको विषय बन्दै आएको छ ।

सगरमाथाको आधार शिविरसम्म टावर निर्माण गरी चीनले फाइभजी नेटवर्क पुर्‍याउने भएको हो । यतिमात्रै नभएर हिउँ त्यहाँकोे अर्को ठूलो चुनौतीको विषय हो । तर, पनि चिनियाँ मोबाइल र ह्वावेलाई भने त्यसले रोक्न सकेन।

चिनियाँ माेबाइल र ह्वावेको सहकार्यमा सगरमाथाको चुचुरोसम्म फाइभजी पुर्‍याउनका लागि चीनतर्फको आधार शिविरमा बेस स्टेसन जडान गरिएको छ ।

आधार शिविरमा गएको आइतबारमात्रै तीन वटा फाइभजी बेस स्टेसन खडा गरिएको हो । जुन क्रमसः ५३०० र ५८०० मिटरको उचाईमा रहेको बताइएको छ । यसैगरी आउँदो शनिबार थप दुई वटा टावर समेत निर्माण गरिने छ ।

जुन ६,५०० मिटर उचाईमा रहने छ । जहाँबाट शिखरको चुचुरो अर्थात ८,८४८ मिटरसम्म फाइभजीको नेटवर्क पुग्ने छ ।

‘सगरमाथाको आरोहण त्यसैपनि असहज छ । त्यसमा पनि मोबाइल स्टेसन निर्माण गर्न धेरै प्राविधिक चुनौती आए,’ परियोजनका प्रमुख जियाङ लिगाङले भने, ‘यो परियोजना असम्भव जस्तै थियो । कसरी स्टेवल फाइभजी नेटवर्क प्रदान गर्ने, कसरी विद्युत आपूर्तिलाई सुनिश्चित गर्ने, माइनस २० डिग्री सेल्सियसमा केबललाई कसरी सुरक्षित राख्ने भन्ने खालमा प्रश्न हामीसँग थिए ।

ह्वावेको हलुका फाइभजी टावरले भने हामीलाई केही सहज बनायो । तर, पनि इन्जिनियरहरुले त्यहाँ कसरी काम गर्छन् भन्ने चुनौतीकै विषय थियो । यी सबै कुरा कसरी सम्भव भयो भन्ने कुरा छँदै छ, तर यो पक्कै परियोजनाको लागत निकै ठूलो छ ।’

विज्ञका अनुसार त्यहाँ एउटा बेस स्टेसन निमार्णको लागि १ लाख ४० हजार अमेरिकी डलर अर्थात १ करोड ७२ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ ।

परियोजनाका अनुसार यो नटवर्क पहिलो चरणमा सगरमाथाका आरोही र रेस्क्यु टिमलाई उपलब्ध गराइने छ । तर, त्यसका लागि कति पैसा तिर्नुपर्ने भन्ने विषयमा भने खुलाइएको छैन ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३