close

यसरी हुँदैछ, कोरोनाको नाममा अनलाइन ठगी

टेकपाना टेकपाना

बैशाख १०, २०७७ १३:११

यसरी हुँदैछ, कोरोनाको नाममा अनलाइन ठगी

काठमाडौं । कोभिड-१९ अर्थात कोरोना भाइरसको महामारीको समयमा साइबर अपराधीहरुको चंगुलमा परेर वेलायत‍ी नागरिकले मात्र २० लाख युरोभन्दा धेरै रकम गुमानु परेको छ ।

साइबर अपराधीहरुले विभिन्न स्क्याम, फिसिङ ईमेल र अनेक किसिमका फ्रड मार्फत नागरिकहरुबाट उक्त रकम असुल गरेकाे बताइएको छ ।  

वेलायतको सेन्टर फर फ्रड एण्ड साइबर क्राइमले भर्खरै सार्वजनिक गरेको एक्सन फ्रडको नयाँ तथ्याङ्कले गत सातासम्म ८६२ ओटा साइबर स्क्याम मामिलाबाट ह्याकरहरुले २१ लाख २० हजार ८७० युरो कुम्लाएका थिए । 

एक्सन फ्रडले  कोरोना भाइरस सम्बन्धी फिसिङ ईमेलका ३६ सय रिपोर्टहरु प्राप्त गरेको थियो । त्यस्ता फिसिङ र स्क्याम ईमेलको उद्देश्य भनेको मानिसहरुको व्यक्तिगत जानकारीहरु प्राप्त गर्ने र बैंक विवरणहरु हात पार्ने हुन्छ ।

अट्याकरहरुले मानिसहरुलाई त्यस किसिमका माल्वेयर ईमेलहरु खोलेर आफ्नो डिभाइसमा इन्स्टल गराउन विभिन्न तरिकाहरु अपनाइरहेका हुन्छन् । 

यसबीच हालै अमेरिकी संघीय व्यापार आयोगले बताए अनुसार जनवरीदेखि अमेरिकी नागरिकहरुले यस किसिमका फ्रडहरुमा परेर एक करोड २० लाख डलर गुमाइसकेका छन् ।

अमेरिकामा यस वर्ष उपभोक्ताहरुले विभिन्न प्रकारका १६ हजार ८ सय स्क्यामहरु दर्ता गराएका छन् । कोरोना भाइरसको विश्व महामारीबीच अहिले अट्याकरहरुले यसलाई एउटा अवसरको रुपमा प्रयोग गरिरहेका छन् ।

विश्व स्वास्थ संगठन, सरकार, प्रहरी बल, लजिस्टिक कम्पनी, डेलिभरी सर्भिस र महामारी सम्बन्धि सराेकारवाला निकायहरुको नाम प्रयोग गरी यी ह्याकहरुले बग म्यासेज तथा फिसिङ ईमेलहरु आम मानिसहरुलाई पठाइरहेका छन् ।

उदाहरणका लागि यसै साता एक्सन फ्रडले केही यस्ता फिसिङ स्क्यामहरु प्राप्त गरेको छ, जसलाई सुपरमार्केट टेस्कोको नामबाट पठाइएको थियो । ती स्क्याम ईमेलमा कोभिड १९ को प्रकोपमा फ्री भौचरको लोभ देखाइएको थियो ।

तर त्यस ईमेलमा रजिस्टर गर्दा लग ईन विवरण चोर्न बनाइएको फिसिङ वेबसाइटमा जान्थ्यो । त्यसमा व्यक्तिगत र वित्तीय विवरणहरु पनि जाने गरेको पाइएको छ । 

साथै साइबर अपराधीहरु यो बेला विभिन्न अनलाइन स्टोरको नामबाट उपभाेक्ताहरुलाई कोभिड-१९ बाट बच्ने सामाग्रीहरु बिक्री गर्ने दाबी गर्दै ह्याकिङको प्रयास गरिरहेका छन् ।

यस किसिमका दाबीहरुमा विश्वास गरेर उपभोक्ताहरुले आफ्नो पेमेन्ट विवरण र व्यक्तिगत विवरणहरु त्यसमा राख्ने गरेका छन् । 

नेशनल फ्रड इन्टेलिजेन्सका प्रमुख सञ्जय एन्डरसनका अनुसार यस्ता साइबर अपराधीहरुले सधैं विश्व आपतकालिन र दुःखको स्थितिमा खेल्ने माैका पाउँछन् ।

कोभिड-१९ को संक्रमणको अहिलेको अवस्थामा अट्याकरहरुले प्रयोग गरिरहेको टेक्निक भनेको अनलाइन स्टोरको नामबाट कोभिड-१९ को औषधीजन्य सामाग्री बिक्री वितरणको दाबी गर्नु नै हो ।

यस्तो अवस्थामा कुनै पनि अनलाइनको नामबाट त्यस किसिमको ईमेल आएको खण्डमा तत्काल त्यसमा लग ईन गर्नुको साटो एकपटक त्यस्ता साइटहरु भिजिट गर्ने तथा रिसर्च गर्ने बानी बसाउनु पर्ने हुन्छ । 

यहाँ निर बुझ्नुपर्ने कुरा के छ भने सरकार वा प्रहरी प्रशासनले कहिल्यै पनि नागरिकलाई ब्यालेन्स ट्रान्सफर गर्न माग गर्दैन । यस कारण त्यस प्रकृतिक ईमेल प्रति नागरिक आफै सचेत हुन जरुरी छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३