close

चलचित्र छ माया छपक्कै अब डिशहोममा

टेकपाना टेकपाना

बैशाख १०, २०७७ १४:२६

चलचित्र छ माया छपक्कै अब डिशहोममा

काठमाडौं । गएको वर्ष २०७६ को सर्वाधिक सफल चलचित्र छ माया छपक्कै अब डिशहोममा हेर्न सकिने भएको छ । चर्चित चलचित्र छ माया छपक्कै भोलि बिहीबारदेखि डिशहोमको सिनेमाघर च्यानलमा प्रदर्शन हुने भएको हो ।

चर्चितमा हास्य कलाकार दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र नायिका केकी अधिकारी मूख्य भूमिकामा छन् । यो चलचित्र डिशहोमको सिनेमाघर च्यानल नम्बर ८८८ मा यो चलचित्र हेर्न सकिनेछ ।

बिहान १ बजे, ४ बजे, ७ बजे, १० बजे, दिउँसो १ बजे, ४ बजे, साँझ ७ बजे र राती १० बजे गरी दैनिक ८ शोमा चलचित प्रदर्शन हुनेछ । सपरिवार सिनेमा हेर्न ग्राहकले प्रति शो २२५ रुपैयाँ तिर्नुपर्नेछ ।

आईभीआर नम्बरमा कल गरेर एसएमएस पठाएर डिशहोमको ग्राहक सेवाकेन्द्रमा फोन गरेर अनि नजिकैको डिशहोम बिक्रेताकहाँ सम्पर्क राखेर यो सिनेमा खुलाउन सकिनेछ ।

एसएमएस मार्फत सिनेमा खुलाउन MOD888 क्यास आईडी शो टाइम (उदाहणका लागि बेलुका ७ बजेको शो हेर्न 7AM) टाइप गरी ३२५०० तथा ३२५८० मा पठाउनुपर्ने हुन्छ । आईभीआरका लागि ८०११९००९९० नम्बर दिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३