close

ईमेलमा आएको अपरिचित लिङ्क खोल्दा नायिका रिचा शर्माको फेसबुक ह्याक, भन्छिन्ः ‘पाठ सिकेँ’

टेकपाना टेकपाना

बैशाख १०, २०७७ १७:५१

ईमेलमा आएको अपरिचित लिङ्क खोल्दा नायिका रिचा शर्माको फेसबुक ह्याक, भन्छिन्ः ‘पाठ सिकेँ’

काठमाडौं । नायिका ऋचा शर्माको ८३ हजारभन्दा बढी फलोअर भएको फेसबुक पेज ह्याक भएको छ । ईमेलमा आएको अपरिचित लिङ्क खोल्दा एक साता अघि उनको फेसबुक ह्याक भएको हो ।

ह्याक भएपछि उनको फेसबुक पेजमा अनौठा भिडियो तथा लिङ्कहरु शेयर हुँदै आइरहेका थिए । तर एक साता लामो प्रयास पछि अन्ततः नायिका शर्माले आफ्नो फेसबुक पेज ह्याकरको हातबाट फिर्ता ल्याउन सफल भएकी छन् ।

उनले आफ्नो फिर्ता भएको फेसबुक पेजबाट भिडियो सन्देश जारी गर्दै भनेकी छिन्, ‘हुसेन हुसेन मोहम्मद रफिकले मेरो फेसबुक ह्याक गरेको थियो । फेसबुकलाई रिपोर्ट गरेपछि बल्ल एक हप्तामा यो समाधान भएको छ र मैले मेरो फेसबुक पेज फिर्ता पाएकी छु ।’

नायिका शर्माले सावधानी र शतर्कता अपनाउन अरु फेसबुक प्रयोगकर्तालाई सुझाव दिएकी छिन् । जुन पायो त्यही लिङ्कमा क्लिक नगर्न आग्रह गर्दै उनले सेक्योर योर पेज भन्दै ईमेलमा आएको लिङ्कमा क्लिक गर्ने वित्तकै आफ्नो पेज ह्याक भएको बताएकी छिन् ।

‘त्यस्ता कुनै पनि लिङ्कहरुलाई नबुझिकन क्लिक नगर्नुहोला,’ उनले भनेकी छिन्, ‘मैले पनि एउटा पाठ सिकेँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३