close

आमाको मुख हेर्ने दिनको अवसरमा एनसेलको कोसेली, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

बैशाख १०, २०७७ २२:५९

आमाको मुख हेर्ने दिनको अवसरमा एनसेलको कोसेली, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । मोबाइल सेवाप्रदाय कम्पनी एनसेलले कोसेली अफर सार्वजनिक गरेको छ । प्रिपेड प्रिपेड प्रयोगकर्ताले टक टाइम, डेटा र एसएमएस सेवा कोसेलीको रुपमा आफ्ना आफन्त तथा साथीभाइलाई उपहार स्वरुप पठाउन मिल्ने गरी कम्पनीले यो सुविधा ल्याएको हो ।

आमाको मुख हेर्ने दिनको अवसरमा ल्याइएको एनसेल कोसेली अफर अन्तर्गत विभिन्न आकर्षक योजनाहरु रहेका छन् । जसअन्तर्गत एनसेलका प्रिपेड प्रयोगकर्ताले आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइलाई भ्वाइस प्याक, डेटा प्याक र एसएमएस प्याक उपहार स्वरुप पठाउन सक्नेछन् ।

कोसेलीको रुपमा पठाउन सकिने सेवाहरुमा ७५ मिनेट टक टाइम, ५५ मिनेट टक टाइम, ६०० एमबी डेटा, २१०० एमबी डेटा र १,००० एसएमएस रहेका छन् । एनसेल कोसेलीे अन्तर्गतका यी प्याकहरु बिहीबारदेखि लागु हुने कम्पनीले जनाएको छ ।

कोसेलीको रुपमा ६२.५७ रुपैयाँमा ७५ मिनेट तथा ३१.९२ रुपैयाँमा ५५ मिनेटको भ्वाइस प्याक उपहार दिन सकिनेछ । यसरी पठाइएको कोसेली प्राप्त गर्ने सेवाग्राहीले क्रमशः तीन दिन र सात दिनसम्म एनसेल नेटवर्कमा प्रयोग गर्न सक्नेछन् ।

यसैगरी प्रयोगकर्ताले ६०० एमबी डेटा (२०० एमबी अल नेट, २०० एमबी फोरजी र २०० एमबी नाइट डेटा) प्याक कोसेली पठाउन ४४.६९ रुपैयाँ तिरे पुग्नेछ । २१०० एमबी डेटा (हरेक दिन ३०० एमबी) रहेको अर्को कोसेलीका लागि ९७.४ रुपैयाँ शूल्क राखिएको छ । यी कोसेली प्याक क्रमशः तीन दिन र सात दिनसम्म प्रयोग गर्न सकिनेछ ।

त्यस्तै केवल २४.२६ रुपैयाँमै १००० वटा एसएमएस रहेको कोसेली प्याक उपहारमा पठाउन सकिनेछ । यो प्याक भने ३० दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

एनसेल कोसेली अफर अन्तर्गतका उपहारहरु पठाउन एस्ट्रिक्स१७१११ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफूले चाहेको विकल्प छनौट गर्नुपर्नेछ । कम्पनीले १७१११ मा डायल गरी यो अफरको विषयमा जानकारी लिन सकिने व्यवस्था समेत गरेको छ ।

उपहार वापतको शूल्क उपहार पठाउने ग्राहकको मेन ब्यालेन्सबाट काटिनेछ । एनसेल कोसेलीबाट उपहार पठाउन थप अन्य कुनै सेवा शूल्क नलाग्ने कम्पनीले जनाएको छ । एनसेलका प्रिपेड ग्राहकले आफ्नो इच्छा अनुसार जति पटक पनि उपहार पठाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३