close

गूगल मीटले सार्वजनिक गर्‍यो जूम जस्तै नयाँ फिचर

टेकपाना टेकपाना

बैशाख १२, २०७७ ११:३७

गूगल मीटले सार्वजनिक गर्‍यो जूम जस्तै नयाँ फिचर

काठमाडौं । अहिले भिडियो कलिङ तथा कन्फ्रेन्सिङ एपहरुको बजार बढिरहेको छ । बजारको मागलाई सम्बोधन गर्न त्यस्ता एपहरु तिब्र गतिमा डेभलप भइरहेका पनि छन् । 

गूगल बजारको यही मागमा खेल्न चाहन्छ । यसैबीच बिहीबार गूगलले आफ्नो भिडियो कन्फ्रेन्सिङ एप मीटको नयाँ भर्सन सार्वजनिक गरेको छ । 

यसमा जूमका धेरै फिचरहरु रहेका समावेश छन् । जूमको जस्तै टाइल लेआउट, रातको समयमा कल गर्दा प्रयोग हुने लो लाइट मोड जस्ता फिचरहरु पनि छन् । साथै जूममा जस्तै यसमा पनि कुनै विशेष विण्डो वा पूर्ण स्क्रिनको साटो सिंगल क्रोम ट्याबमा हेर्न सकिन्छ । 

गूगलको यो एपमा पनि ब्युल्ट इन नोइज क्यान्सिलेसन फिचर छ । जसले गर्दा भिडियो कन्फ्रेन्स वा कलिङको दौरान ब्याकग्राउण्डको होहल्लाहरु सुनिने छैन ।

यसमा भएको टाइल लेआउटमा कन्फ्रेन्सका लागि १६ जना सहभागीहरु अटाउन सक्ने ठाउँ छ । यसअघि मीटमा यो संख्या चारमा मात्रै सिमित थियो । गूगलले अझ ठूलो संख्यामा सहभागीहरु अटाउन तथा राम्रो प्रस्तुतिका लागि लेआउटमा थप सुधार गर्ने बताएको छ । 

यो एपमा आएको सिंगल क्रोम ट्याव फिचर एकदमै नयाँ राम्रो फिचर हो । बिगतको तुलनामा यी सिंगल ट्याबबाट उच्च गुणस्तरका भिडियो सामग्रीहरु शेयर गर्न सकिन्छ ।

यदि तपाईं कमजोर प्रकाश भएको ठाउँमा मिटिङ गर्दै हुनुहुन्छ भने यसमा भएको लो लाइट मोडले एआईको प्रयोग मार्फत भिडियोलाई उज्यालो बनाउने काम गर्छ । तर यो फिचर हालका लागि मोबाइलमा मात्र आएको छ ।

आगामी दिनमा यो वेब प्रयोगकर्ताहरुको लागि पनि आउने कम्पनीले उल्लेख गरेको छ । यद्यपी सार्वजनिक भएका यी सम्पूर्ण नयाँ फिचर आगामी हप्ताहरुबाट मात्र उपलब्ध हुनेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३