close

एज प्लसबाट फ्ल्यागशिप स्मार्टफोन बजारमा प्रवेश गर्दै मोटोरोला

टेकपाना टेकपाना

बैशाख १३, २०७७ १९:५५

एज प्लसबाट फ्ल्यागशिप स्मार्टफोन बजारमा प्रवेश गर्दै मोटोरोला

काठमाडौं । मोटोरोलाले फ्ल्यागशिप डिभाइस गेमिङ सेग्मेन्टमा आफ्नो नयाँ मोटो एज प्लस फोन ल्याउने तयारी गरेको छ । यो फोनको मूल्य ९९९ डलर छ । 

जसमा स्नापड्रागन ८६५ प्रोसेसर, एक्सक्लुसिभ मार्फत फाइभजी सेवा, १०८ मेगापिक्सेल क्यामेरा र दुई दिनसम्म टिक्ने ब्याट्री हुनेछ ।

मोटोरोलाको नयाँ एज प्लस र एज फोन आएसँगै कम्पनीले प्रिमियम सेग्मेन्टको स्मार्टफोन निर्माण क्षेत्रमा प्रवेश गरेको छ । मोटो ब्राण्ड हाल लेनोभो कम्पनीको स्वामित्वमा छ । 

कम्पनीले मोटो ब्राण्डमा सोलिड फिचरहरु भएका बजेट फोनहरु समेत निर्माण गर्न थालेको छ । मोटो एज प्लस फोनको कुरा गर्दा यो फोनमा १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको छ ।

मोटोरोलाको एज प्लस फोन भेरिजोनमा १४ मे देखि उपलब्ध हुनेछ । यो फोनले क्यामेरा र डिस्प्लेमा बजारमा प्रतिस्पर्धा गर्नेछ ।

यो फोनको लुक्सको कुरा गर्दा यसको आकार सामसङ ग्यालेक्सी अल्ट्रा र वान प्लस एट प्रोभन्दा केही सानो छ । यो फोनको मोटाइ भने यी  दुई फोनहरुको तुलनामा थोरै बाक्लो छ । मोटोरोलाले सर्वप्रथम मोटो ब्राण्डको राजर रिबूटबाट फ्ल्यागसिप सेग्मेन्टमा प्रवेश गरेको हो ।

मोटोरोला कम्पनीको ग्लोबल प्रडक्ट मार्केटिङ म्यानेजर क्रिस फ्रान्सिसाका अनुसार मोटोरोलाको  नेट प्रमोटर स्कोरमा सुधार भइरहेको छ भने प्रिमियम डिभाइसमा फर्कनका लागि कम्पनीले हालैको वर्षमा आफ्नो क्यामेरा टिम पनि तयार गरेको छ । 

मोटोको ६.७ इञ्च स्क्रिन साइज भएको यो फोनले तिब्र गतिको फाइभजी स्पीड दिन्छ । यसमा ९० हर्जको रिफ्रेस रेट छ । साथै ५००० एमएएचको ब्याट्री यसमा रहेको छ । यसमा टप नच क्यामेरा सिस्टम पनि रहेको छ ।

अन्य मोटो फोन जस्तै एज प्लसमा शुद्ध एन्ड्रोइड एक्सपिरियन्स र युजर इन्टरफेसलाई कस्टमाइज गर्न सकििन्छ । फ्रान्सिसाका अनुसार यो फोनको क्यामेरा सिस्टममा क्वालकमको पछिल्लो प्रोसेसरले राखिएको छ ।

लाइटिङ कन्डिसन, आर्कसफ्ट जस्ता सफ्टवेयर कम्पनीसँग फोनले साझेदारी गरेको छ । यो फोनमा १०८ मेगापिक्सेलको क्वाड पिक्सेल ओआईएस मेन क्यामेरा, थ्री एक्स हाई रेजोलुसन अप्टिकल जूम र १६ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा छ । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३