close

अनलाइन कक्षाका लागि स्काई ब्रोडव्याण्डको इन्टरनेटमा १५ प्रतिशत छूट

टेकपाना टेकपाना

बैशाख १४, २०७७ १२:१

अनलाइन कक्षाका लागि स्काई ब्रोडव्याण्डको इन्टरनेटमा १५ प्रतिशत छूट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी स्काई ब्रोडव्याण्डले अनलाइन कक्षा सञ्चालनको लागि आवश्यक इन्टरनेटमा १५ प्रतिशत छूट दिने भएको छ । विश्व महामारीको रुपमा रहेको कोरोनााभाइरसका कारण विद्यालयहरु सञ्चालन हुन नसकिरहेको अवस्थामा पछिल्लो समय अनलाइन कक्षा सञ्चालन गर्ने क्रम बढिरहेको छ ।

त्यसैलाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको हो । कम्पनीले अनलाइन कक्षा सञ्चालनका लागि टेक्नोरियोसँग सहकार्य गरेको छ । ‘अहिलेको समयमा शिक्षालाई निरन्तरता दिन आवश्यक छ,’ स्काई ब्रोडब्याण्डका प्रमुख कार्यकारी अधिकृत सुमनलाल प्रधानले भने,

‘हामीले सुरु गरेको यो कार्यले शिक्षक तथा विद्यार्थीलाई पठन पाठन तथा सिकाई सम्बन्धी क्रियाकलापमा सहभागी हुन मद्दत पुग्ने अपेक्षा छ । त्यसैले पनि हामीले टेक्नोरियोसँग सहकार्य थालेका हौं ।’

टेक्नोरियो सूचना प्रविधिमा काम गरिरहेको एउटा कम्पनी हो । जसले विद्यालयहरुलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न इन्फर्म सफ्टवेयरको विकास गर‍ेको छ । जसमार्फत विद्यालयले अनलाइन नतिजा प्रकाशन, अनलाइन भर्ना सहित अनलाइनबाटै विद्यार्थीलाई पढाउन सकिन्छ ।

स्काई ब्रोडब्याण्डले यो सफ्टवेयर प्रयोग गर्ने विद्यालयका शिक्षक र विद्यार्थीलाई उक्त छूट उपलब्ध गराउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३