close

सर्च गरेको भेटिएन ? चिन्ता नगर्नुहोस्, अब गूगलले नै सिकाउनेछ

टेकपाना टेकपाना

बैशाख १४, २०७७ १५:५२

सर्च गरेको भेटिएन ? चिन्ता नगर्नुहोस्, अब गूगलले नै सिकाउनेछ

काठमाडौं । कहिले काहिँ हामी गूगलको सर्च बारमा गएर आफूले चाहेको विषय टाइप गरेर सर्च गरिरहेका हुन्छौं । त्यस्तोमा सधैं गूगलले तपाईंले सर्च गरेकै नतिजा दिन सक्दैन । तपाईंले सर्च गर्दा प्रयोग गर्नु भएका वर्ड अर्थात शब्द हुन सक्छन् ।

जसले गर्दा कतिपय अवस्थामा गूगलले तपाईंलाई खोजेको नतिजा नभेटिएको वा जानकारी नमिलेको बताउँछ । त्यो सामान्य नै हो । अब भने गूगलले तपाईंलाई सर्च गर्न समेत सिकाउने छ ।

यस अघि पनि गूगलले तपाईंले सर्च गर्न खोजेको सम्भावित विकल्प सल्लाहको रुपमा दिने गरेको थियो । अब भने यदि तपाईंले सर्च गरेको वर्ड भेटिएन भने उसले तपाईंलाई उक्त सर्च वर्डको ठाउँमा यो सर्च वर्ड प्रयोग गरेर सर्च गर्नुहोस् भनेर सिकाउने छ । गूगलले तपाईंले सर्चमा प्रयोग गरेका विभिन्न शब्दसँग जोडेर तपाईंलाई सजेस्ट गर्ने छ । जसले प्रयोगकर्तालाई आफूले खोजेका विषयवस्तु थप सहज रुपमा फेला पार्न मद्दत पुग्ने गूगलको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३