close

गूगल र एप्पलले निर्माण गर्ने कन्ट्याक्ट ट्र्याकिङको एपीआई मंगलबार उपलब्ध हुने

टेकपाना टेकपाना

बैशाख १४, २०७७ १३:१९

गूगल र एप्पलले निर्माण गर्ने कन्ट्याक्ट ट्र्याकिङको एपीआई मंगलबार उपलब्ध हुने

काठमाडौं । कोरोनभाइरसका कारण गूगल र एप्पलले संयुक्त रुपमा तयार पारिरहेको कन्ट्याक्ट ट्र्याकिङ टूलको एपीआई आउँदो मंगलबार डेभलपरलाई उपलब्ध हुने भएको छ । एप्पलका सीईओ टीम कूक र युरोपियन आयुक्त थेरी बेर्टोनबिच भएको कुराकानीबाट यो विषय बाहिर आएको हो ।

बेर्टोनले टीम कूकसँग भएको कुराकानीको केही भिडियो र फोटो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा एप्पलका प्रमुखले अप्रिल २८ मा उक्त एपीआई सफ्टवेयर डेभलपरका लागि ई उपलब्ध हुने उल्लेख गरेका छन् । उक्त एपीआईमा रहेर डेभलपरले आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुका लागि एप निर्माण गर्न सक्ने जनाइएको छ ।

यसअघि गूगल र एप्पलले पहिलो पटकको सहकार्यमा कन्ट्याक्ट ट्र्याकिङ प्रणाली निर्माण गर्ने घोषणा गरेका थिए । आईओएस र एन्ड्रोइड दुवैमा सपोर्ट गर्ने भनिएको यो प्रणालीको मद्दतले कोराना संक्रमित व्यक्तिको पहिचान गर्न र कोही मानिस कोराना संक्रमित व्यक्तिको नजिक गएको अवस्थामा सचेत गराउने बताइएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३