close

म्यासेजिङ एप टेलिग्राममा प्रतिदिन १५ लाख प्रयोगकर्ता थपिँदै

टेकपाना टेकपाना

बैशाख १४, २०७७ १६:२६

म्यासेजिङ एप टेलिग्राममा प्रतिदिन १५ लाख प्रयोगकर्ता थपिँदै

काठमाडौं । इन्स्ट्यान्ट म्यासेजिङ सर्भिस टेलिग्रामका सक्रिय मासिक प्रयोगकर्ताको संख्या ४० करोड पुगेको छ । सात वर्ष पुरानो यो कम्पनीका सक्रिय मासिक प्रयोगकर्ताको संख्या गत वर्षको अक्टोबरमा ३० करोड थियो ।

कम्पनीका संस्थापक पाभेल ड्युरोभका अनुसार हाल २० वटा मुलुकमा सबैभन्दा धेरै डाउनलोड हुने एपमा पर्न सफल टेलिग्राममा प्रतिदिन १५ लाख प्रयोगकर्ता थपिँदै गइरहेका छन् ।

जूम तथा हाउस पार्टीजस्ता भिडियो कलिङ एपहरुको लोकप्रियता बढिरहेको समयमा टेलिग्रामले पनि सुरक्षित भिडियो कलिङ फिचर ल्याउने काम गरिरहेको छ । 

तर कम्पनीले आफ्नो ग्राम क्रिप्टोकरेन्सी वालेट र टीओएन ब्लकचेनको भविष्यबारे भने केही बताएको छैन । कम्पनीले सन् २०१८ मा यी दुई सेवाको घोषणा गरेको थियो ।

टेलिग्राम अहिले ह्वाट्सएप लगायत दर्जनौं लोकप्रिय इन्स्ट्यान्ट म्यासेजिङ एपहरुसँग प्रतिस्पर्धा गरिरहेको छ । हाल ह्वाट्सएपका विश्वभर २ अर्ब प्रयोगकर्ताहरु रहेका छन् ।

फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपमा प्रयोगकर्ताहरुको वृद्धिदरमा निराशा छाइरहँदा टेलिग्राममा भने यो संख्या बढ्दै गइरहेको छ ।

तपाईंको फोन इन्टरनेटसँग कनेक्ट नभए पनि टेलिग्रामको डेस्कटप एप प्रयोग गर्न सक्नुहुन्छ । यसमा भएको फोल्डर र क्लाउड स्टोरेजको फिचरका कारण यो एप प्रयोगकर्ताको रोजाईमा पर्दै गएको हो । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३