close

अनलाइन शिक्षणका लागि निःशूल्क प्रशिक्षण दिँदै डीजी स्कूल, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

बैशाख १४, २०७७ १७:३०

अनलाइन शिक्षणका लागि निःशूल्क प्रशिक्षण दिँदै डीजी स्कूल, यसरी हुनुहोस् सहभागी

काठमाडौं । कोरानाभाइरसका कारण ठूलो मार खेपिरहेको शिक्षा क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने बहसहरु चलिरहेका छन् । कतिपय स्कूल तथा विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गरिहरेका छन् ।

यस अवस्थामा शिक्षण संस्थाले अनलाइन शिक्षण र अनलाइन सिकाइ प्लेटफर्म तथा अनलाइन श्रोतको सदुपयोग गर्नसक्नु अनिवार्य आवश्यकता हो । तर, अनलाइन कसरी सञ्चालन गर्ने, अनलाइन कक्षा सञ्चानलका लागि आवश्यक पूर्वाधार र त्यसको प्रयोगको विषयमा जानकारी नहुँदा समस्या आउन सक्छ ।

यस्तै समस्यालाई मध्यनजर गर्दै बेलायतको एनसीसी एजुकेसनको आईटी पाठ्यक्रम अनुसार कक्षा १ देखि ११ सम्मको कम्प्युटर शिक्षा सुरु गरेको डीजी स्कूल नेपालले लकडाउनका बेला कसरी अनलाइन कक्षा सञ्चालन गर्ने भनेर निजी तथा सरकारी स्कूलका शिक्षकलाई निःशुल्क प्रशिक्षण दिन सुरु गरेको छ ।

प्रशिक्षणमा अनलाइन कक्षा सिर्जना, कक्षा गतिविधि, गृह कार्य तथा असाइन्मेन्ट दिने, नोटहरू दिँदै कक्षा रेकर्डिंग, अनलाइन प्रस्तुति, स्लाइड शेयर, तस्विर तथा भिडियो शेयर सम्बन्धी विषवस्तु सिकाइने छ ।

विद्यार्थीका लागि शिक्षा अनिवार्य आवश्यकताको विषय भएकाले अहिलेको महामारीमा सामाजिक दूरी कायम गर्दै प्राध्यापन गराउन सघाउ पुर्‍याउने उद्देश्यका साथ निःशूल्क अनलाइन प्रशिक्षण सुरु गरिएको डीजी स्कूल नेपालका प्रवर्द्धक तथा सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।

प्रशिक्षणमा सहभागी हुन चाहने बिद्यालय तथा शिक्षकले डीजी स्कुलको ९८०१२२४२६९ नम्बर वा [email protected] सम्पर्क गर्न सक्नेछन् । श्रेष्ठका अनुसार अनलाइन प्रशिक्षणको समय शिक्षकको समय अनुकुल तय गरिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३