close

‘रिमोट वर्क’को नयाँ विश्वमा कसरी चल्दैछन्, आईटी कम्पनी ?

टेकपाना टेकपाना

बैशाख १४, २०७७ १९:१

‘रिमोट वर्क’को नयाँ विश्वमा कसरी चल्दैछन्, आईटी कम्पनी ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण देशभरका कार्यालय तथा कम्पनीहरु बन्द छन् ।  जसले गर्दा अहिले काम गर्ने शैलीमा ठूलो परिवर्तन आएको छ । 

विश्वभर वर्क फ्रम होम अर्थात् रिमोट वर्कको संस्कृति अंगिकार गरिँदै छ । अहिले यही नयाँ कार्य प्रणालीभीत्र इन्टरनेट कनेक्सनको सहारामा देशभरका लाखाैं कर्मचारीहरु घरमै बसेर कार्यालयकाे काम सम्पन्न गरिरहेका छन् ।

यही प्रणाली अहिले सेवाग्राही, साँझेदार तथा सप्लायर्स सबैले स्वीकार गरेका छन् । हालै सम्पन्न आईडीजी टेक टकमा चलेको टेवीटर च्याटमा सहभागीहरुले रिमोट वर्क प्लेटफर्मको महत्व सावित भएको कुरामा सहमति जनाए ।

रिमोट वर्कको यो महत्वलाई बुझिसकेपछि अब देशको नेतृत्वले यसलाई बुझेर डिजिटल सहकार्यलाई नाराको रुपमा मात्र सीमित नराखेर वास्तविकतामा परिणत गर्नुपर्ने देखिएको छ ।

आईडी टेक टकमा सहभागी मार्थासिस निरोस भन्छन्, ‘कोलाबोरेसन यसअघिसम्म वेवास्ता गरिएको शब्द हो । तर, यो अहिलेको वैश्विक महामारीको चुनाैतीसँगै अधिकांश संघसंस्थाले यो शब्दको अर्थ बुझेको र माइक्रोसफ्ट टिम्स, स्ल्याक एच क्यू जस्ता प्लेटफर्मबाट संस्थाहरुले आफूबीचको दूरीलाई घटाइरहेका छन् ।’ 

जुनसुकै महत्वपूर्ण घटनाले हाम्रो मस्तिष्कमा अमिट छाप छोड्छ । आईटी क्षेत्रका अधिकांश नेतृत्व पंक्तिमा पनि जनशक्तीलाई मात्र नभएर सबै कुरा टाढा बसेर काम गर्ने कार्यका लागि सपोर्ट गर्ने किसिमको हुनु पर्ने कुराको आभाष भएको छ ।  

कोरोनाको महामारी र लकडाउन सुरु हुँदै गर्दा धेरै जसो विजनेस हाउसहरुसँग सबै कर्मचारीलाई घरबाटै परिचालन गर्न पर्याप्त सामग्री थिएनन् ।

तर अब यी संस्थाहरुले यस्तो अवस्था पुनः आइलाग्न सक्छ र त्यस्तो बेला हामीलाई के कुराको आवश्यकता पर्छ भन्ने कुरा पक्कै पनि सिकेका छन् ।

अब यी संस्थाहरु प्रोएक्टिभ रुपमा काम गर्छ सक्छन् भन्ने आशा गर्न सकिन्छ । यस्तो अवस्थामा धेरै आईटी प्रडक्टहरु वेबक्याम, केबल, मोडेम र अन्य धेरै कुराहरुको आवश्यकता पर्नसक्छ । 

नयाँ मानक

रिमोट वर्क संस्कृति अघिको र पछिको परिदृश्यले धेरैजसो आईटी नेतृत्वपंक्ति सामु आगामी दिनमा कस्तो रणनीति अवलम्बन गर्ने भन्ने कुरा अगाडि सारेको छ ।

आईडीजीका क्लेर ब्राउनले यस्तो किसिमको कार्यसंस्कृतिमा सिफ्ट भइसकेका संस्थाहरुलाई यो कुनै अस्थाई सिस्टम भएको नसम्झिन सुझाव दिएका छन् । सबै संस्थाहरुले यसलाई कुनै नयाँ प्रणालीको रुपमा स्वीकार्नुपर्ने उनी बताउँछन् । 

जेसन जेम्सका अनुसार यो अल्पकालीन परिवर्तनले कर्मचारी र आईटी संसाधनमा ठूलो परिवर्तन ल्याउने छ । यसबीच प्रविधिमार्फत काम गर्न संक्ने ठूलो जनशक्तिको उत्पादन हुनेछ । जो परम्परागत अफिस टाइम टेेन टु फाइभमा फर्किन चाहने छैनन् । 

स्टिभ एम प्रेन्टेन्स भन्छन्, ’कुन प्रविधि प्रयोग गर्ने भन्ने बारेमा प्रोटोकल तयार गर्न म सुझाव दिन्छु । विशेषगरी मानिसहरु घरमा बसेर काम गर्ने भएकाले सुरक्षा सम्बन्धी प्रोटोकलहरु तयार गर्नुपर्ने देखिन्छ ।’

व्यवसायीक लचकता 

व्यवसायको लकचकतालाई लिएर यो एउटा अमूर्त अवधारणा हो भन्ने सोच छ । यसलाई कुनै पनि गम्भीर अवरोध  उत्पन्न हुँदैन भन्ने योजनाकारहरुको विश्वास छ ।

कोभिड-१९ ले विपदबाट पुनःस्थापना गर्न मद्दत गर्नु साथै विजनेसलाई आईटी प्लेटफर्ममार्फत निरन्तरता दिने वातावरण मिलाउने र कर्पोरेट प्लानिङ केही वर्षमा ल्याउन मद्दत गर्ने सम्भावना देखिन्छ ।

जेसन जेम्स भन्छन्, ‘कुनै पनि संस्था यस किसिमको अचानक परिवर्तनको लागि तयारी अवस्थामा थिएनन् ।  विजनेस कन्टिन्युटी प्लानले कोभिड-१९ को महामारीलाई अडिटको एउटा आइटमको रुपमा मात्र सूचीकृत गरेको छ । आईटी नेतृत्वपंक्तिले वर्कफोर्समा फिट हुने किसिमको योजना ल्याउनुपर्छ ।’

ड्रइङ बोर्डको पुनरावृत्ति ?

 जब यो महामारी शान्त हुन्छ, तब व्यावसायीहरुमा यस्तो अवस्थामा के गर्ने भन्ने कुराको सचेतना अभिवृद्धि हुनेछ ।

साथै विजनेस कन्टिन्युटी प्लानमा देखा परेका कमी कमजोरीहरु पनि बाहिर देखा पर्नेछन् । आईटी नेतृत्वले भावी दिनका लागि नयाँ नियम लेख्नुपर्नेछ र देखिने हरेक कमी कमजोरीलाई तत्काल सम्बोधन गर्नुपर्नेछ ।

ब्रेनब्लेण्डर भन्छन्,’हामीले पछिल्लो तीन वर्षमा हरेक टेक कन्फ्रेन्सहरुमा जे सुन्दै आएका छाैं,  अहिले त्यही देखिरहेका छाैं । २०२५ सम्म कार्यान्वयन भइसक्ने भनिएको टेलिहेल्थ अनलाइन प्लेटफर्म अहिले नै कार्यान्वयनमा आइसकेको छ ।’

द गभर्नेन्स गुरुका अनुसार हामीले हाम्रो व्यवसायलाई प्रभाव पार्न समय कुरेर बस्नु हुँदैन । सबै कुरा प्रोएक्टिभ भएर समय अगावै तयार पार्नुपर्छ ।

यो महामारीको समयमा स्वयम आईटीले धेरै कुरा सिकेको छ । निसन्देह आगामी दिनमा पनि आईटीले थप कुरा सिक्ने छ र आफ्नो नेटवर्कमा थप पर्फमेन्सका बारेका सिक्नेछ अनि वर्कफोर्स कोलाबोरेसनका लागि विभिन्न उपकरणहरु प्रयोगमा ल्याउनेछ । 

रिमोट वर्कका लागि हामी तयार छाैं त ?

कोरोनाको महामारीसँगै व्यवसायहरु पनि थप लचिलो कार्यस्थलको संस्कृतिमा प्रवेश गर्दैछन् । इन्टरनेशनल वर्कप्लेस ग्रुप २०१९ ग्लोबल वर्क प्लेस स्टडीका अनुसार विश्वभरका ५० प्रतिशत कर्मचारीहरु आफ्नो मूख्य अफिसभन्दा बाहिरबाट सातामा अढाई दिन काम गर्छन् ।

यस्तै ७० प्रतिशत अमेरिकीहरु सजिलो ठाउँमा बसेर काम गर्नुलाई नै नियम मान्छन् । यस्तो किसिमको वातावरणले कर्मचारीहरुको उत्पादकत्वलाई वृद्धि गर्छ । साथै व्यवसायको जोखिम व्यवस्थापनमा पनि सहयोग गर्छ । 

रोब भेगहान भन्छन्, ’म सहमत छु, रिमोट वर्कलाई लिएर समस्या, सीमितता र अवसर सबै स्पष्ट भइसकेको छ । एकपटक अवस्था सामान्य बनिसकेपछि यो नयाँ नियम बन्नु अघि अवश्य पनि यसलाई दीर्घकालीन उपायको रुपमा पनि सोचिनेछ । ‘

नेताहरु अगाडि आउनुपर्छ

यो भाइरसको महामारी निश्चित समयपछि टर्ने नै छ । तर यसले सिकाएको पाठ भने अनन्तकालसम्मका लागि स्मरण गर्नुपर्छ । अवस्था सामान्य हुनु अघि आईटी नेतृत्वपंक्तिले रिमोट वर्क र यसलाई बूस्ट गर्नुपर्ने सम्पूर्ण कुराहरुको भेउ पाइसकेको हुनुपर्छ ।

आजसम्म धेरै नेतृत्वले रिमोट वर्कलाई लिएर आफ्नो बुझाईलाई पनि परिवर्तन गरिसकेका छन् । म्यानेजरहरुले टाढाबाट काम गरिरहेका कर्मचारीहरुमाथि विश्वास गर्नुपर्छ ।

साथै उत्पादकत्वलाई उचाईमा पुर्‍याउन उपकरणहरुको पनि सुनिश्चितता गर्नुपर्छ । साथै ग्राहकको सेवा र सन्तुष्टिको ख्याल राख्नुपर्छ ।

 यसबीच रिमोट वर्कफोर्सलाई निगरानी राख्ने नयाँ सीपहरु म्यानेजरहरुले सिक्नुपर्छ । टाढा बसेर कसरी सिकाउने, कसरी निर्देशन दिने तथा कसरी सम्पर्क तथा समन्वय गर्ने भन्ने कुरामा पनि सीप हाँसिल गर्नुपर्छ । 

डिजिटल प्लेटफर्मले जतिसुकै सहजीकरण गरेर सम्भव तुल्याए पनि महत्वपूर्ण भनेको सधैँ मानव जनशक्ति नै भएको हुँदा टाढा बसेर काम गर्ने कर्मचारीको कामको तारिफ गर्ने तथा हाैसला दिने काम व्यवस्थापकीय स्तरबाट सधैँ हुनुपर्छ । साथै कर्मचारीले पनि आफ्नो कार्यशक्ति र सीपलाई बढाउने प्रयास गर्नुपर्छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३