close

बुढानिलकण्ठको हिमालयन बोर्डिङ स्कुलले सुरु गर्‍यो अनलाइन कक्षा

टेकपाना टेकपाना

बैशाख १५, २०७७ १२:३४

बुढानिलकण्ठको हिमालयन बोर्डिङ स्कुलले सुरु गर्‍यो अनलाइन कक्षा

काठमाडौं । बुढानिलकण्ठ स्थित हिमालयन बोर्डिङ स्कूलले अनलाइन कक्षा सुरु गरेको छ । लकडाउनका कारण लामो समयदेखि पठनपाठन प्रभावित भएसँगै स्कूलले अनलाइन कक्षा सुरु गरेको हो ।

कोरोनाभाइरसका कारण देशभर लकडाउन हुँदा विद्यार्थीमा पनि यसको नकारात्मक असर पर्ने भन्दै विद्यालयले अनलाइनबाटै कक्षा सञ्चालन गर्ने निर्णय गरको छ ।

विद्यालयका अनुसार पहिलो चरणमा एसईई तयारीमा रहेका विद्यार्थीका लागि अनलाइन कक्षा सुरु गरिएको थियो । उक्त कक्षाबाट राम्रो प्रतिक्रिया आएसँग अब कक्षा ८ देखि माथिका कक्षा अनलाइनबाट सुरु गरिएको छ । साथै कक्षा ७ देखि मुनीका कक्षा पनि छिट्टै अनलाइनबाटै सञ्चालन हुने स्कूलले जनाएको छ ।

‘हाम्रो लागि यो पूर्ण रुपमा नयाँ अनुभव हो । हामी विद्यार्थीलाई यसबाट उत्कृष्ट ज्ञान प्रदान गर्ने प्रयास गरिरहेका छौं,’ विद्यालयका प्राध्यापक खेमराज घिमिरेले भने, ‘हामी विद्यार्थी तथा शिक्षकहरुबाट प्रतिक्रिया पनि लिइरहेका छौं । यसले आगामी दिनमा सञ्चालन हुने कक्षालाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने हाम्रो विश्वास छ ।’

अनलाइन कक्षा सञ्चालनका लागि टेक्नोरियो इंकले प्राविधिक सहयोग गरेको छ । टेक्नोरियो विद्यालयहरुका लागि विभिन्न सफ्टवेयर तथा अनलाइन कक्षाका लागि आवश्यक प्रबन्ध मिलाउने कम्पनी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३