close

अनलाइन पढाउन चाहने शिक्षण संस्थाका लागि समन्वय गर्दै महाबिर पुन

टेकपाना टेकपाना

बैशाख १५, २०७७ ९:२२

अनलाइन पढाउन चाहने शिक्षण संस्थाका लागि समन्वय गर्दै महाबिर पुन

काठमाडौं । सामाजिक अभियान्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबिर पुनले अनलाइनमार्फत अध्यापन गर्न चाहने शिक्षण संस्थालाई समन्वय गर्ने भएका छन् । कोरोना भाइरसको महामारी रोक्न लक डाउनको अवधि लम्बिदै गइरहेका बेला उनले यस्तो अग्रसरता देखाएका हुन् ।

पुनले अनलाइन पढाउन चाहने विद्यालय र क्याम्पसका लागि राष्ट्रिय आविष्कार केन्दरले आवश्यक समन्वयर सहयोग गर्ने बताएका छन् । सो कार्यका लागि आवश्यक प्राविधिक व्यवस्था भने नेपाल रिसर्च तथा एजुकेसन नेटवर्कले गर्नेछ ।

संस्थाले अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर तीन महिनाका लागि उपलब्ध गराउनेछ ।

तर अनलाइन कक्षा सञ्चालनका लागि पढाउने शिक्षक, स्थानको व्यवस्था, राम्रो गतिको इन्टरनेट, ल्यापटप र डिजिटल क्यामेराको बन्दबस्त भने शिक्षण सस्थाले आफ्नै खर्चमा व्यवस्था गर्नुपर्नेछ । आफ्ना विद्यार्थीलाई तयारी अवस्थामा राख्नुपर्ने कार्य पनि सम्बन्धित शिक्षण संस्थाले नै गर्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३