close

सस्ताे आईफोनको रिभ्यूः खरीद गर्न कति उपयुक्त ?

टेकपाना टेकपाना

बैशाख १५, २०७७ १९:२१

सस्ताे आईफोनको रिभ्यूः खरीद गर्न कति उपयुक्त ?

काठमाडौं । एप्पलले भर्खरै मात्र नयाँ आईफोन एसई सार्वजनिक गरेको छ । कम्पनीकाे सबैभन्दा सस्तो फोनको रुपमा बजारमा आएको उक्त फोनमा केही फिचर भने फ्ल्यागशिप फोनकै जस्ता छन् । जसले याे फोनमा पैसा खर्च गर्न प्रयोगकर्तालाई लालायीत बनाउनेछ ।

याे फोनको सबैभन्दा मूख्य आकर्षक पक्ष भनेकै यसको मूल्य हो । ६९९ अमेरिकी डलर (८५ हजार रुपैयाँ माथि) मूल्यको आईफोन इलाभेनको तुलनामा आईफोन एसई करीब आधा सस्तो अर्थात ३९९ (करीब ४९ हजार) डलर मात्र छ । मूल्य सस्तो भएता पनि फोनमा प्रयाेग गरिएकाे क्यामेरा फिचर भने आईफोन इलाभेनको जस्तै छ ।

यो फोन २०१६ मा आएको ओरिजिनल एसईको २०२० सिक्वेल हो । ४.७ इञ्चको डिस्प्ले भएको फोन सानो र आकर्षण डिजाइनमा उपलब्ध छ । आईफोन एसईलाई आइफोन एटको मेमोरी र आईफोन इलाभेनको शक्ति भएको फोनकाे रुपमा हेरिएको छ ।

आईफोन एसईको डिजाइन क्लासिक छ । यसको बडी र क्यामेरा लेन्सहरु २०१७ को आईफोन एट जस्तै छन् । एप्पल कम्पनीले आईफोन एसईमा तीन वर्ष पुरानो प्रोसेसरको साटो आईफोन इलाभेन, इलाभेन प्रो र इलाभेन प्रो म्याक्समा प्रयोग भएको ए १३ बायोनिक प्रोसेसर नै प्रयाेग गरेको छ ।

यो नयाँ प्रोसेसर फास्ट रन हुनुका साथै यो फोनमा आगामी दिनमा पनि आईओएस अपडेट गरिने कम्पनीले सुनिश्चित गरेको छ । तर ३९९ डलरकाे यो फोनमा केही सुरक्षा कमजोरी भने रहेका छन् ।

यो फोनमा सिंगल रियर क्यामेरा रहेको छ । यसमा फेस आईडी लककाे सुविधा छैन । साथै यसमा नाइट मोड, स्लोफिस र डिप फ्युजन प्रोसेसिङ जस्ता क्यामेरा फिचर पनि उपलब्ध छैनन् । यो फोनको सेल्फी सन्तोषजनक छ । तर आईफोन इलाभेन सिरिजको जस्तो आकर्षक भने छैन । फोनमा उपलब्ध फिचरहरुले यसको मूल्यलाई न्याय गरेको छ ।

सस्तो मूल्य, आकर्षक ब्याट्री क्षमता, उत्कृष्ट रियर क्यामेरा, ए १३ प्रोसेसर, वाटर रेसिस्टेन्स र वायरलेस चार्जिङ लगायतका फिचर रहेको एसईले ११ सिरिजले जस्तै पर्फमेन्स दिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३